एक दर्जन नेपाली आरोही अमेरिकाको सर्वोच्च शिखरमा

  • Get News Alerts

उत्तर अमेरिकाको सर्वोच्च शिखर माउण्ट डेनाली (६,१९० मी.) आरोहण त्यति सहज छैन। माउण्ट किन्लेको नामले समेत परिचित निकै ‘टेक्निकल’ मानिएको उक्त हिमाल यो बर्षको समर सिजनमा करिब एक दर्जन नेपाल आरोहीले आरोहण गरेका छन्।

विश्व कीर्तिमानी छुरिम शेर्पासहित आठ आरोही टोलीले सन् २०१६ जुन महिनाको आन्तिम साता डेनाली हिमाल सफलतापूर्वक आरोहण गरेका हुन्। त्यसैगरी, अर्का तीन नेपाली आरोहीले पश्चिमी मोहडाबाट डेनाली हिमाल आरोहण गरी कीर्तिमान समते बनाएका छन्। नेपाली आरोही निमा तेञ्जि शेर्पा, तासी शेर्पा र तेञ्जिङ शेर्पा पश्चिमी मोहडाबाट आरोहण गर्ने पहिलो नेपाली आरोही समेत भएका छन्। सम्भवत ःएकै पटक ठूलो संख्यामा नेपाली आरोहीले डेनाली आरोहण गरेको यो पहिलो पटक हो।

बायोन्ड हिमालयन नेपाली एक्सपिडिसन २०१६ टोलीका भने आठ आरोहीले सफलतापूर्बक डेनाली आरोहण गरेका छन्। उक्त आरोहण दलबाट डोल्मा शेर्पा, दावा फिञ्जो, डा. निमा नाम्गेल, निमा तेञ्जिङ, तेञ्जिङ शेर्पा, टासी शेर्पा र फिञ्जे शेर्पा रहेका छन्।

आलास्काबाट डेनाली हिमाल आरोहणपछि न्युयोर्क भ्रमणमा आइपुगेकी विश्व कीर्तिमानी आरोही छुरिमले जुन २३ तारिखमा आफूले डेनाली हिमाल आरोहण सफलतापूर्वक गरेका बताइन्। ताप्लेजुङमा जन्मिएकी छुरिमले सन् २०१२ मा एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेकी छिन्। छुरिमले मे १२ र मे १९ गरी एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेकी हुन्। छुरिमलाई सन् २०१३ मा ‘गिजिज बुक अफ द वल्डर्’ रेकर्डको सर्टिफिकेट प्रदान गरिएको थियो।

कीर्तिमानी आरोही शेर्पाले यो बर्षको डिसेम्बरमा आफ्ना दक्षिण अमेरिकाको अर्जेन्टिनामा रहेको सर्वोच्च शिखर आरोहण गर्ने योजना रहेको बताईन्। शेर्पाले विश्वका सात महादेशका सात उच्च हिमाल आरोहण गर्ने आफ्नो चाहना रहेको पनि भनिन्।

माउण्ट मिरेखा आरोहण गर्ने पहिलो महिला दलकी टोली डोल्मा शेर्पाले पनि यो पटक डेनाली हिमाल आरोहण गरेकी छिन्। गत बर्ष डेनाली आरोहण सफल नभएपनि यो बर्ष भने उनले सफलतापूर्वक आरोहण गरेकी छिन्। डोल्मा शेर्पा आमादब्लम आरोहण गर्ने पहिलो जोडीको रुपमा पनि परिचित छिन्। लामो समयको अन्तरालपछि आफू डेनाली हिमाल आरोहणमा सफल भएकोमा निकै खुसी लागेको डोल्माले बताईन्।



प्रतिकृया दिनुहोस