'दुख लाग्छ, जव बिदेशी भूमिमा आफ्नै नेपालीले ठग्छन्'

  • Get News Alerts

दिनेश शाह नेपालको रौतहटमा जन्मे। परिवार बिपन्न थियो। खान लाउन मुश्किल। त्यसमाथी गरिवकै ज्यादा बढी सपना हुने। 'मैले कुनैदिन बिपनामा मात्र होइन सपनामा नी अमेरिका पुगेर ब्यापार गर्छु भन्ने सोचिन।' आधा दशकमै अमेरिकामा सफल ब्यवसायी बन्न सफल भएका दिनेश शाह बताउँछन्।

पशुपति क्याम्पसको पढाइसँगै पत्रिका बेच्नेकाम थालेका थिए।

'बाटोमा पत्रिका बेच्ने केटोले काँ अमेरिकाको सपना देख्न सक्छ र?' अमरिका पुग्ने सपनाको बारेमा सोध्धा उनी बताउँछन्। पत्रकारितामा स्नातक गर्दा मात्र बल्ल मान्छेहरु बिदेश जान्छन् भन्ने कुराको मेसो पाउन थाले उनले। 'परिवारको बिपन्न आर्थिक अवस्थाका कारण बिदेशमा जाने भन्ने सपना मात्रै थियो।'

एकदिन चिनजानका साथीले अफर ल्याए।  भाई बहिनिको शिक्षामा सहयोग गर्नुपर्ने बाध्यताले साथीको अफरमाथी सोच्न बाध्य बनायो।

अफर के थियो?

'तल्लोबाटोबाट थाइल्याण्डहुँदै फ्रान्स जाने अफर थियो।'

बिदेश जाने सपनाको बिउ उम्रन लाग्यो उनको मनभित्र। तर पैसाको बन्दोवस्त गर्न सजिलो थिएन। 'पाँच लाख थोरै पैसा थिएन। परिवारकालागी झन पाँचलाख त घरखेत बेचेनी पुग्ने थिएन।'  शाह सम्झन्छन्।

तै, नी जेनतेन पैसा जुटाए। 'थाइल्याड्कालागी प्लेन चढन पाँच लाख जोहो गरेजस्तो लागिरहन्थ्यो धरै महिना सम्म।'

थाइल्याण्ड पुग्दापुग्दै उनको फ्रान्स पुग्ने सपना टुक्रियो। 'बिदेशको भुमिमा आफ्नै नेपाली साथीले ठगे। बल्लतल्ल जम्मा गरेको पैसा साथीले लगेर टाप ठोके।' शाह सम्झन्छन्। फ्रान्स पुर्याउछु भनेर पैसा उठाउने मित्र एयरपोर्टबाटै बेपत्ता भए।

'म मेरै बाध्यताले ठगिँए।' उनी सम्झन्छन्

स्वदेशमा युवाहरुको भविस्य अन्धकारजस्तै थियो। अहिले पनि अधिकाँस युवाहरुको सपना बाहिर जानु नै हो। शाहले पनि बिदेशको सपना देखे। 'त्यो बेला मेरा अगाडी अन्य बिकल्प कम थिए।' संघ- संस्थाभित्र जागीर खोज्न पर्ने बाध्यताको पर्खालबाट बाहिरिन खोज्दै थिए शाह। 'देशबाट बाहिरीनुको बाध्यता मात्र थियो। बिदेशमा पुगेर ब्यापारमै सफल हुँला भन्ने कहिल्यै सोचिएन।'

साथीले एयरपोर्टमै छाडेर गएपछि थाइल्याण्डका सडकमा दुइदिनसम्म भोकै भैतारिए उनी। एकातिर नेपालमा साथीभाइ र आफन्तसँग हात फैलाएर निकालेको ऋण र परिबारको चिन्ता। अर्कोतिर थाइल्यान्डको बाटोमा अलपत्र परेको चिन्ता। 'कसरी दुइरात बिताए अहिले नी सम्झभने आँमा आशु तरर आउँछन्।'

सडकमै भैतारिरहेकोबेला अर्का नेपाली भेटीए। थाईल्याण्डको सडकमा भेटिएका टिम गुरुङले शाहको जीवनलाइ नयाँ मोड दिए। 'उनि नभेटीएको भए मेरो जिवनको अायाम के हुन्थ्यो अहिले त्यसै भन्न सक्दिन।'  थाईल्याण्डमा आयात निर्यातको व्यवसाय गरेर वसेका गुरुङले शाहलाइ आँट मात्र दिएनन काम समेत दिए। फ्रन्सको सपना बाकेर हिँडेका शाहले थाइल्याण्डमै महिनाको एक सय अमेरिकन डलरको काम पाए। 'जिवनले अलिकती रग फेर्न थाल्यो। सपनाहरु अलिकती सफल हुनथाले जस्तो अनुभव हुन थाल्यो।' उनी थाइल्यान्डको बसाइ सम्झन्छन्।

कम्बोडियाबाट कपडा ल्याउँदै र थाइल्यान्डका बाटोमा बेच्ने काम सजिलो भने थिएन। 'मैले कम्बोडियाबाट सस्तोमा कपड़ा किनेर ल्याएर नेपालको न्युरोडमा जस्तै थाईल्याण्डको सडकमा व्यापार गर्नु पर्ने थियो।'

अलिकती पैसा बन्न थाल्यो। विस्तारै समय परिवर्तन हुँदै जान थाल्यो। 'काम सिक्दै गएपछि ब्यापारजस्तो अर्को छैन भन्ने लाग्न थाल्यो।' यो काम थालेको पाँच महिनापछि काम गरेको व्यापारिक अनुभवसँगै आफ्नै सानो व्यापार गर्ने योजना बनाए उनले।

'जतिसक्दो चाँडो फ़्रान्स जान भनि निकालेको ऋण तिर्नु पनि थियो।' ऋण तिरेपिछ पाँचमहिना काम गरेर बचेको तिन सय डलरले आफै ब्यापार गर्ने तम्सिए। बुढापाकाले 'ब्यापार अपार' भन्थ्ये। शाहलाइ त्यस्तै भयो। विस्तारै व्यापार राम्रो हुन थाल्यो।

२०१० को सेप्टेम्बर १० मा थाईल्याण्डमा साउथ एशियाटिक शिपिङ एण्ड ट्रेडिड कम्पनि दर्ता गरे। विधिवत रुपमा कार्यालय खोलेर व्यापार शुरु गरे। ब्यापारमा त्यती धेरै जानकारी नभएपनि उनको सफलताले नयाँ रुप लिन थाल्यो। बिस्तारै अायस्रोत बढन थाल्यो। कर्मचारी थपिन थाले।

व्यापारकै क्रममा सिंगापुर, भियतनम, कम्वोडिया, लाअोस, मलेशिया, दुवई र कतार जस्ता मुलुकहरुमा ब्यापारिक सम्झौताहरु पनि बढ्दै गयो।

२०११ मा थाईल्याण्ड सरकार परिवर्तन भएपछि व्यापारिक नियम कानुनहरु कड़ा भयो र व्यापारमा केहि समस्याहरु बढ्न थाले। फेरी अमेरिकातिर जाने योजना बनाए उनले। २०११ अक्टोबर ३ मा अमेरिका स्थित क्यालिफोर्निया, लसएन्जल्सको आर्टेशियामा आईपुगे। 'ब्यापार गरेर बसेको बानी अमेरिकामा के गर्ने होला भन्ने दुविधाले प्रसस्तै सताएको थियो।' अमेरिका आएको समय सम्झन्छन शाह।

बर्मा गयो कर्मसँगै। अमेरिका पुगेपछि दुखको प्रकार बदलियो। महिनाभरी काम गरेबापत १३ सय डलर पाइन्थ्यो। भाडामा सबै सकिने। ब्यापारमा पैँसा हुन्छ भन्ने बुझेकोले होला मन सधै आफै केहि गर्नुपर्छ भन्ने कुरामै गएर अडकिन्थ्यो।

रेष्टुरेण्टको अनुभव काम लाग्न थाल्यो। 'तिन बर्ष पछि आफुले रेष्टुरेण्टमा काम गरेको अनुभबको आधारमा आफैले ब्यवसाय गर्ने योजना बनाए।' ३ बर्षमा कमाएको रकममाथी नपुग जोडजाम गरे र  आफैले काम गरिरहेको रेष्टुरेण्ट 'टेङगी टोमेटो' २ लाख डलरमा किने शाहले।

अमेरिकामा पनि सजिलै सफल हुन सकिन्छ भन्ने उदाहरणका रुपमा स्थापित भए शाह। 'कोरस मार्केट' ग्रोसरीले उनको ब्यवसायलाइ झन सफल हुन मद्त गर्यो। आफुले गरेका हरेक व्यवसायहरु पार्टनर सिपमा नै सफल भएको बताउने शाह भन्छन  'बिदेशी भूमिमा जव आफ्नै नेपालीले ठग्छन् अनि मात्र दुख लाग्ने हो। अन्यथा अमेरिका गरीखान्छु भन्नेलाइ सबै खालका सफलता पाइने मुलुक हो।'

 

प्रतिकृया दिनुहोस