नेपाल प्रहरी जनताको विश्वासिलो हुनुपर्छः उपेन्द्रकान्त अर्याल (भिडियो अन्तर्वार्ता)

  • Get News Alerts

प्रहरीले जबसम्म जनताको विश्वास जित्न सक्दैन तबसम्म प्रहरी सफल नहुने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए। ‘जबसम्म प्रहरीले जनताको विश्वास जित्न सक्दैन, तबसम्म प्रहरी सफल हुनसक्दैन त्यसैले ‘प्रहरी मेरो साथी’ जस्ता आकर्षक अभियानहरू शुरु गर्दै आईरहेका छौ,’ सेतोपाटी ग्लोल टकसँग कुरा गर्दै अर्यालले भने।

गत आर्थिक वर्षमा एकदशककै सबभन्दा कम अपराध वृद्धिदर रहेको र अपराधिक घटनाहरुमा कमी आउनसाथ ढुक्क भएर बस्ने अवस्था नभएको अर्यालको भनाई छ।

उनले अपराधिले नयाँ योजना र तरिक़ा अपनाउने भएकोले प्रहरी सधै चनाखो हुनुपर्ने र वैदेशिक रोज़गारीको शिलशिलामा नेपाली दाजुभाई तथा दिदीबहिनिहरू बिदेसिदा सामाजिक अपराधको घटनाहरू मौलाएको बताए।

अपराधिक गतिविधिलाई कम गराउन सबै जनता र प्रहरी दुवैको सहयोग भएमा कम गर्न सकिने दाबी गरे।

विभिन्न देशहरुबाट रोज़गारी गरी स्वदेश फर्किने क्रममा नेपालकै विमानस्थलमा यात्रुहरुको सामान चोरी हुने, लगेज फोरिनेजस्ता घटनाहरुलाई सम्झेर दुःखी भएको अर्यालले बताए। ‘नेपाल प्रहरीले विभिन्न जटिल अपराधको सफल अनुसन्धान गरी अपराधीलाई उसले गरेको अपराधको प्रकृति अनुरूप सज़ाय गराउन सफल रहेको र विमानस्थलमा हुने त्यस्ता चोरीका घटना पनि छिट्टै अनुसन्धान गर्ने र दोषिमाथि अवश्य कारवाही हुनेछ।’

अन्तर्राष्ट्रिय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन नेपालबाट अमेरिका आएका अर्यालसँग सेतोपाटी ग्लोबल टकका संवाददाता डोल्मा लामा र शंकर राज वाग्लेले तयार पारेको भिडियो अन्तरवार्ता हेर्नुहोस्।

प्रतिकृया दिनुहोस