अमेरिकामा नेपाली पात्रो र क्यालेन्डर प्रकाशन

  • Get News Alerts

अमेरिकामा बसोबास गर्दै आएका नेपालीका लागि नेपाली पात्रो र क्यालेण्डर प्रकाशन भएको छ।

नेपाली तथा भूटानीहरुको लागि ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्रमा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित "मारुतिनन्दन नेपाली पञ्चाङ्ग" र "मारुतिनन्दन नेपाली क्यालेन्डर" यही कै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय समयको आधारमा प्रकाशन भएको हो।

अमेरिका र क्यानडामा  बस्ने नेपालीहरुको समयको मागअनुरुप जथाभाबी प्रयोग गरिने भ्रमलाई निराकरण गर्ने उद्देश्यका साथ दर्ता भएको संस्था  "ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र"ले गरेको यो काम एक उदाहरणीयका साथै प्रशंसा  गर्न लायक  छ ।

ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र" ज्योतिष र हिन्दु संस्कारसम्बन्धी काम गर्नका लागि खोलिएको नाफामुक्त ( Non profit organisation) संस्था हो । अबदेखि नेपाल तथा भारतका लागि बनाइएका पात्रा तथा क्यालेन्डरहरुको आधारमा मनोमानी अन्दाजको भरमा प्रयोग गर्ने झन्जटबाट हामी सबै नेपाली मुक्त हुनेछौं। नेपाली चाडपर्व तथा अमेरिकी चाडपर्व र तिथिमिति थाहा पाउन यस्को प्रयोगबाट निकै सहज् हुनेछ।

‘यो कुनै त्यस्तो व्यापारमुखी कार्य नभई यस्तो खालको अनुसन्धान मूलक काम को लागि कार्यालयीय ख़र्च र प्रकाशन तथा वितरण  खर्चमा भार नपरोस् भन्ने उद्देश्यले सहयोग स्वरुप पात्रोको लागि सात र क्यालेन्डरको लागि पॉच डलरको मूल्य तय गरेका छौँ, सहयोग गर्न सक्नु हुने महानुभावहरुले  त्यो भन्दा बढी  पनि गर्न सक्नुहुनेछ,’ संस्थाले भनेको छ।

पञ्चाङ्गमा नेपालबाट निस्कने पात्रोहरुमा जस्तै धेरै जानकारीमूलक कुराहरु समावेश गरिएको छ ।

जसमा नेपाली गते, बार, तिथि, नक्षत्र, योग र करणको घडिपला र घन्टा मिनट बजेमा राखिएको छ । नेपाली तथा अमेरिकन विदाहरुको बारेमा पनि सुचिकृत गरिएको छ । दिन घडिपलासहित घन्टा मिनट पनि समावेश गरिएको छ ।

त्यस्तै क्यालेन्डरमा पनि सम्पूर्ण कुराहरुलाई समेट्ने प्रयास गरेको छ।

जनवरीदेखि डिसेम्बरसम्म पर्ने चाडपर्व तथा ब्रतहरु र नेपाली साहित्यकार र नेपाली वर्णमालाको बारेमा संक्षिप्त जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस