टोयोटा मोटर कम्पनीलाई डोनाल्ड ट्रम्पको चेतावनी

  • Get News Alerts

जापानीज मोटर कम्पनी टोयोटाले मेक्सीकोमा प्लान्ट बनाएर अमेरिकी बजारमा गाडी ल्याउने बताए लगत्तै अमेरिकन निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै टोयोटाले मेक्सीकोमा प्लान्ट बनाए बोर्डर ट्याक्स महंगो लगाउने चेतावनी दिएका छन्।

‘यो हुन सक्दैन, मेक्सीकोमा प्लान्ट स्थापित गरेर अमेरिका मोटर भित्र्याउने हो भने टोयोटाले ठूलो बोर्डर ट्याक्स तिर्न तयार रहन पर्ने छ।’ ट्रम्पले ट्वीटमा बताएका छन्।

अमेरिकामा आयात गरिने टोयाटा कोरोला मोटरका लागि टोयोटा कम्पनीले सन २०१५ को अप्रीलमा मेक्सीकोमा प्लान्ट बनाउने तयारी गरेको बताएको थियो। सन २००० देखि टोयोटाले क्यार्लिफोनियामा प्लान्ट राखेर टोयोटा गाडिहरु बनाउदै आएको छ।

टोयोटाले प्रेस बिज्ञप्ती जारी गरेर क्यार्लिफोनियामा रहेका कामदारहरुलाई मेक्सीको लगेर जाने बताएको थियो। टोयोटाका प्रवक्ता स्कट भेन्जीनले बताए अनुसार अटो कम्पनीहरुको फाइदाकालागी टोयोटा ट्रम्पसँग काम गर्न तयार छ।

ट्रम्पले ट्वीट गरेको पाँच मिनेट लगत्तै टोयोटाको सेयरमा १.२ बिलियन डलर मुल्य वरावरको शेयर घटेको बताइएको छ।

प्रतिकृया दिनुहोस