सबै मुलुकमा रहेका अमेरिकन कूटनीतिज्ञहरुलाई घर फर्कन डोनाल्ड ट्रम्पको आदेश

  • Get News Alerts

नवनिर्वाचित अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामाद्वारा नियूक्त सबै कूटनिज्ञहरुलाई घर फर्कन आदेश दिएका छन्। आफूले सपथ ग्रहण गरेकै दिनदेखि लागू हुने गरि सबै मुलुकमा रहेका अमेरिकन कूटनितिज्ञहरुलाइ फिर्ता आउन ट्रम्पले आदेश दिएका हुन्।

डिसेम्वर २३ मा स्टेट डिर्पाटमेन्टले सवै कूटनिज्ञहरुलाई ईमेल पठाउँदै प्रतिस्थापनका लागि तयार रहन आग्रह गरेको अमेरिकन समाचार माध्यमहरुले बताएका छन्। नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भनाईलाई प्रष्ट पार्दै भनेका छन् ‘ओबामा प्रशासनद्वारा गरिएका राजनितिक नियूक्तहरु मलाई मन परेको छैन्।’

ट्रम्पका प्रवक्ताले जनाए अनुसार यो निर्णय गलत मनशायले नभई बिगतका राजनीतिक दानहरुलाई समयमै अन्त गरिनु हो। ट्रम्पको यो कदमले केही महत्वपूर्ण कूटनितिक पदहरु केही समयका लागि रिक्त रहने अवस्था छ। जसले गर्दा जर्मनी, क्यानाडा र बेलायतका लागि अमेरिकन राजदूतको नियूक्तिमा ढिलाई भएको छ।

बहराइन, अल्जेरिया र अफगानिस्थानका लागि अमेरिकन पूर्वराजदूत रोनाल्ड न्युमनले टाइम्स पत्रिकालाई बताए अनुसार ‘जो व्यक्ति बाहिरी नलागेको प्रशासनसँगको राजनीतिक सम्वन्धका कारणले मात्रै राजदूतमा नियूत्त भएका छन्, उनीहरुले पद छोडनु तर्क संगत छ।’ उनी भन्छन् सपथ लागेकै महिनामा यसरी सबै पदहरु खाली गरिएको मलाइ अहिलेसम्म थाहाँ छैन।’

तर अन्य पूर्वराजदूतहरु ट्रम्पको यो कदम गलत मनसायको होईन भन्ने कुरासँग सहमत छैनन्। ‘मलाई लाग्दैनकि यो एक नीतिगत निर्णय हो, यो त खाली प्रतिशोध हो।’ फिनल्यान्डका लागि अमेरिकन पूर्वराजदूत डिरेक सियर। बिगतमा पनि यस्ता परिवर्तन नभका होईनन्, तर यति छोटो समयमा फिर्ता बोलाईएको भने यो पहिलो पटक हो।  

डोनाल्ड ट्रम्प आफूले ठूलो परिवर्तन गर्छु भन्न कहिल्यै लजाउँदैनन्। उनका प्रेश सचिव सिन स्पाइसरका अनुसार डोनाल्डले ठूला परिवर्तनहरु गर्नेछन्। उनी भन्छन् ‘एउटा मात्रै ठूलो परिवर्तन होईन, धेरै ठूला ठूला परिवर्तनहरु हुनेछन। पहिलो दिनमा नै ट्रम्पले थुप्रै कार्यकारी निर्णयहरु जारी गर्नेछन्, जस्ले बिगत आठ बर्षका निति नियम र कार्यक्रमहरुलाई, जो आर्थिक उन्नति र रोजगारि सृजनाका बाधक थिए, रद्द गरिदिनेछ्।’ स्पाइसर अगाडी प्रतिज्ञा गर्दै भन्छन् अबको प्रशासन भनेको देशलाई अगाडि लैजाने ब्राण्डको हुनेछ, न कि पछाडि धकलिने।

कति छन् त ओबामा प्रशासनले नियूक्त गरेका राजदूतहरू?

ओबामाले आफ्नो दोस्रो कार्यकालमा २९ जना त्यस्ता व्यक्तिहरुलाई राजदूतमा नियूत्त गरेका थिए। जस्ले सन् २००७ देखि अहिलेसम्म ओबामाका लागि अार्थिक सहयोग संकलकको रुपमा महत्वपूर्ण भूमिका निभाएका थिए। त्यसैगरी अन्य ३५ जनालाई राजनीतिक सम्बन्धका आधारमा राजदूत नियूक्त गरेका थिए भने ८१ जना करियर डिप्लोम्याटलाई।

यूरोपका अधिकांश देशहरु, क्यानाडा र अर्जेन्टिनामा सहयोग संकलकहरुलाई नियूक्त गरेका थिए भने चीन, भारत, जापान, अष्ट्रेलिया, साउदी अरब लगायत देशहरुमा राजनितिक सम्बन्ध भएका व्यक्तिहरू। त्यसैगरी रुस, अफगानिस्तान, नेपाल लगायत देशहरुमा करियर डिप्लोम्याटहरु राजदूतको रुपमा कार्यरत छन्।

प्रतिकृया दिनुहोस