न्युयोर्कमा पुगेका गायक 'रायन' भन्छन- कलाकारहरुलाइ सधै प्रयोग गरियो (भिडियो सहित)

  • Get News Alerts

अन्र्तमुखी स्वभावका जनवादी गायक रायन श्रेष्ठ त्यति मिडियासंग खुल्दैनन्। त्यहि भएर पनि होला उनको बारेमा मिडियामा खासै सुनिदैन। तर यस पटक भने उनी मिडियासंग खुलेरै आफ्ना कुराहरु राखिरहेका थिए। 

पञ्चायत शासनका विरुद्ध राल्फा समुह खोलेर आन्दोलनमा ज्यान भरिदिएका ७२ वर्षे रायन देशको पछिल्लो अवस्था देखेर पटक्कै सन्तुष्ट छैनन्। 'हामीले चाहेको यस्तो थिएन' उनले भने। 'संक्रमणकाल भएर यस्तो भएको हुन पनि सक्छ तर कहि कतै हामी चुकिरहेको छौ जस्तो लाग्छ।'

श्रष्टाको उपादेयता कहिले पनि नसकिने बताउंदै उनले नेताहरुले श्रष्टा वा कलाकारहरुको दुरुपयोग गरेको 'कता कता अहिले आएर लागेको महुशुश भइरहेको' बताए। आफ्नो नीजि कामका लागि केहि समयअघि अमेरिका आएका रायनसंग सेतोपाटीका लागी अनुज थापा र दिपिका श्रेष्ठले गरेको भिडियो कुराकानी।

प्रतिकृया दिनुहोस