बाहुनको छोरोलाइ हिमाल चढने भूत सवार भएपछि

  • Get News Alerts

बाहुनको छोरो अनि हिमालमा हुंकार। केहि नसुहाउँदो प्रसंग हो यो। लेकमा जन्मेका शेर्पाका लागि हिमाल घरमाथिको पल्लो डाँडो हुन सक्ला तर अन्य जातजातीका लागि हिमाल रहर हो रम्नका लागि। माथिल्लो भेगका शेर्पा बाहेक अन्य केहि जातिले मात्र हिमाललाई पछ्याएका छन, अनि यसमाथि साहस प्रर्दशन गरेका छन।

शेर्पाका लागि हिमाल घर, बार ,थाँत थलो अनि कर्म र कमाइ पनि हो भन्दा फरक नपर्ला हिमाल र आरोहणमा किर्तिमान राख्ने काममा शेर्पा बाहेक अरु कसैले पनि उनिहरुलाई पछ्याउन सकेका छैनन। सर एडमन्ड हिलारीले सगरमाथा छिचोल्दा तेन्जिङ नोर्गेले वाटो बनाइ दिएका थिए होलान र उनि संसारमा प्रख्यात पनि भए।

कुरो हिमाल र शेर्पा भन्दा पनि आरोहण समग्रमा अन्य सामान्य मानिशका लागि ठुलो साहसिक कार्य हो। ज्यानै जोखिमको यो वाटो रोज्ने एक जना बाहुँनको कथा कोर्ने प्रयास हो यो।

नाम सन्जय पन्डित, घर प्युठान। सामान्यता पण्डीत र हिमाल दुबै नमिल्दा प्रसंग हुन हाम्रा लागि। हिमालको देश भनेपनि सगरमाथा आधार शिविर पुग्ने भाग्यशाली नेपालीको संख्या हजारमै सिमित होला।

पेशाले शिक्षक बाबुले छोरा दौडिनु पर्छ, कि प्रतियोगिता जितन्छ नत्र स्वस्थ भइन्छ भनेपछि कुदन थालेका संजय यतिखेर बिश्वकै सबै महादेशका अग्ला हिमाल चढ्न सफल भएका छन। सोमबार राती सातौ महादेशका रुपमा चिनिएको अन्टार्टीका भिन्सोन मासीफको सफल आरोहण गरेपछि सन्जयले नेपालको झण्डा फहराएका थिए। कहिले उल्टो हिमाल चढेर होस वा कहिले हिमालमा अर्ध नग्न भएर किर्तिमान राखेका संजयले यसपटक भादगाउले टोपीका साथ अन्टार्टीकाको टाकुरा चढेका थिए।

कुरो पागलपनको पनि हो। यतिखेर उनि रिनमा डुबेरै भएपनि अन्टार्टिका भ्रमणमा निस्केका हुन। सामान्य परिवारमा जन्मिएका सन्जयले लामो दुरीको दौड दौडन थालेपछि एकाएक उनको ध्यान हिमालतर्फ मोडिएको थियो। कतिले उनलाई पागले भने, कतिले के के। तर संजयलाइ साच्चीकै एउटा पागलपन सवार भएको थियो हिमाल चढने। उनले सुरु गरे सानो वाट।

कहिले किलर माउन्टेनका रुपमा चिनिएको अन्नपुर्ण चढे। झन्डै गुल्टीएनन । सँगसँगै गएका एक दजर्न पवर्तारोही हिमालमै अलप भए। तरपनि उनले चढि छाडे। बाहुनको छोरो भएपनि हिमाल चढेर देखाउने पागलपन जुन सवार थियो उनमा। त्यसपछि सगरमाथा लागे। पहिलो प्रयासमा आठ हजार तिन सय मिटरवाट गुल्टे। मृत्युको काखमा पुगेर उनि पहिलो पटक सगरमाथावाट फर्के। तर फेरी उनले हिम्मत हारेनन। दोस्रो पटक सगरमाथा छिचोलेरै छाडे। बस के थियो विश्वको सर्बोच्च शिखरको आरोहणले धावक पण्डितलाई आरोही बनाइदियो। चर्चा चुलिन नपाउदै उनि लागे अन्य हिमाल तिर। रोकिएनन उनको साहसिक यात्रा, कहिले अफ्रीकाको मिलिमन्जरी कहिले अस्ट्रेलियाको माउन्ट कोजियस्को त कहिले युरोपको टाकुरामाउन्ट एल्बारस अनि अमेरिकाको एकान्गुवा।

पण्डितको हिमाल मोह रोकिएन। उनले किलिमन्जरीमा पनि दक्षिण एशियाली कर्तिमान बनाए अनि अस्ट्रेलियामा दौरा सुरुवालमा उल्टो हिडेर कोजियस्को आरोहण गरेर अर्को किर्तिमान थपे। उनि भन्छन ,प्रारम्भमा काठमाडौ आएर रंगशालामा एकोहोरो २०,२५ फन्को लाइरहुँदा त्यहा भन्थे को रै छ यो  भनेर। मलाई दौडले चिनायो हिमालले उठायो।

त आट म पुरयाउछु भनेजस्तै करिब ७० लाख खर्च भएको यो महंगो हिमाल चढाइ उनको लागि सहज छैन। केहि सरकारले केहि सहयोगीले र केहि जग्गा धितो राखेर आएको छु, अन्टार्टिकाको सफल आरोहणपछि टेलिफोनमा सन्जयले भने। आखिर यो हिमाल चढ्नु थियो के गर्ने।

अझै उनमा हिमालको सनक बाकी नै छ। पण्डितलाई यो आरोहणका लागि चर्चित आरोही वर्न तेजासले सहयोग गरेका थिए। संसारकै सबैभन्दा चिसो र कठिन मानिने उनको यो यात्राका लागि उनले करिब डेढ बर्ष पर्खनु परेको थियो। पण्डितले प्रतिकुल मौसमका बावजुद पनि सफल आरोहण गरेपछि अन्टार्टीका अभियानमा सहयोग गर्ने सबैलाई सिखरबाट धन्यबाद दिएको छन। 

 

प्रतिकृया दिनुहोस