अमेरिकामा भूटानी युवाहरुले बनाए नेपाली भाषा सिकाउने काटुर्न भिडियो

  • Get News Alerts

अमेरिकामा पुर्नवास भएका भूटानी शरणार्थी युवाहरुको समुहले संसार भरिका नेपाली भाषी बालबालिकाहरुलाई नेपाली भाषा सिक्न सजिलो हुने काटुर्न भिडियोको बिकास गरेका छन्। यूट्युब मार्फत हालै सार्बजनिक गरिएको भिडियोमा नेपाली बर्णमालालाई थ्रीडी र एनिमेसनको संरचनामा प्रस्तुत गरिएको छ।

अमेरिकामा भएका नेपाली भाषी भूटानीहरुको हकहित र संरक्षणकालागि स्थापना भएको संस्था ‘भूटानी समुदाय क्यालिफोर्नियाका’ संस्थापक सदस्य भरत गुरुङ्ग र प्रलाह्द गुरुङ्गको सहकार्यमा यो पाठ्य सामाग्रीको प्रकासन भएको हो। नेपाली भाषी बालबालिकाले कसरी सजिलैसंग नेपाली सिक्न सक्छन भन्ने बारेमा अविभावक र बालबालिकाहरु संग छलफल गरिएको थियो। साथै समुहले करिब सात बर्ष सम्म अध्ययन अनुसन्धान गर्दै जाँदा कार्टुन भिडियो र चित्रबाट बालबालिकाहरुले सजिलै अन्य भाषाहरु सिक्ने गरेको निष्कर्स निकाल्यो। र, त्यहि माध्यम बाट नेपाली भाषाको पाठ्य सामाग्री बनाउने निर्णय गरेको कुरा प्रलाह्द गुरुङ्गले जानकारी दिए। साथै भविष्यमा अन्य सामाग्रीहरु पनि प्रकासित गर्ने योजना रहेको अर्का अभियन्ता भरत गुरुङ्गले बताए।

सार्वजनिक गरिएको कार्टुन भिडियोको विकास प्रलाह्द गुरुङ्गले गरेका हुन्। उनका अनुसार यो भिडियोमा थ्रीडि, एनिमेसन र स्टोरीबोर्डको प्रयोग गरिएको र माया, जिब्रस र एडोब जस्ता सफ्टवयरमा समिश्रण भएको छ। उक्त भिडियोको संगित र गिती संयोजन भरत गुरुङ्गले गरेका हुन भने स्वर चन्द्रकला मगरले दिएकी छन्। साथै बालिका लिना गुरुङ्गले भिडियोको होस्ट गरेकी छन्। यो भिडियो यूट्युब मार्फत सुन्न र हेर्न सकिन्छ।

भूटानी शरणार्थीको रुपमा नेपालमा करिब २० बर्ष शरणार्थी शिविरमा बसेका प्रलाह्द गुरुङ्ग हाल अमेरिकामा बस्दछन्। उनि चित्रकारिता, ललितकला र कलाकारितामा बिशेष दखल राख्छन्। उनि र उनका साथिहरु (भरत गुरुङ्ग र बल बहादुर राई) मिलेर शरणर्थी शिविर भित्रै सन् १९९४ मा इन्सटिट्युट अफ फाइन आर्ट एन्ड कर्मसिएल आर्ट भूटान (इफका भूटान) नामक संस्थाको स्थापना गरेका थिए। यस संस्थाको उद्देश्य नेपालमा रहेका शरणार्थी बालबालिकालाई चित्रकारिता, ललितकला र कलाकारिता सिक्ने तथा सिकाउने थियो। आफ्ना सुरुवाती दिनलाई सम्झदै  प्रलाह्द भन्छन् ‘हामिले हाम्रो यात्रा गोल्धाप क्याम्पबाट गरेका हौ। त्यतिबेला हामि सालको रुख मुनि बसेर भाँचिएका पेन्सिल, रुखका पात अनि कापीका गाताहरु प्रयोग गरि चित्र कोर्थ्यौं र रंग भर्थ्यौ।’ उनले थपे ‘बिस्तारै बिस्तारै हामिले अन्य शिबिरहरुका बालबालिकाहरुलाइ पनि कला सम्बन्धि सिकाउन थायौं। नेपालमा हुने कला प्रर्दशनिमा पनि भाग लियौं र केहि प्रतियोगीता जित्यौ पनि। यसले हामिलाई हौसला र सामाग्री दियो।’

इफकाका अनुसार संस्थाले करिब १ हजार भूटानी बालबालिकालाई कला सम्बन्धि तालिम दिसकेको छ। साथै यस संस्थाले नेपालका बिद्यालय जाने र बिद्यालय छोडेका बालबालिकाहरुलाई पनि तालिम दिएको जनाएको छ।


 

प्रतिकृया दिनुहोस