अमेरिकाको जनसम्पर्कसमितिमा पुन विवाद सुरु

  • Get News Alerts

अमेरिका, नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समितिको आसन्न अधिवेसनलाई लिएर पुन विवाद शुरु भएको छ। संस्थापन पक्षले आगामी अप्रिल २१ गते घोषणा गरेको साधारण सभाकै दिन पूर्व संयोजक विष्णु सुवेदीको अर्को समुहले न्युयोर्कमा राष्टिय भेला गर्ने निर्णय गरेपछि संस्थाको विवाद सतहमा देखिएको हो। 

अधिवेसन गर्ने समयमा साधारण सभा गर्नु संस्थापन पक्षले आफ्नो पदापधि लम्व्याउने छलकपट पूर्ण नियत हो भन्दै पूर्व संयोजक सुवेदिले गत फेब्रवरिमा १८ मा समितिमा आवद्ध केहि व्यक्तिहरुसँग भेटघाट गरि भोलिपल्ट १९ गते अप्रिल ८ मा राष्टिय प्रतिनिधि भेला गर्ने भन्दै एउटा विज्ञप्ति सार्वजानिक गरेका थिए।

यता साधारण सभाको प्रचार प्रसार अगाडी वढेपछि पूर्व संयोजक सुवेदिले यहि मार्च ८ मा पूर्वघोषित मितिलाई सार्दै साधारण सभाकै मितिमा डेलिगेटस भेला डाकेका छन्। उनले प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'अधिकांस पदापधि सकिएको र पदावधि सकिएका च्याप्टरको अधिवेसन गरि केन्द्रिय अधिवेसन वोलाउनुको साटो पदापधि सकिएका च्याप्टरहरुको म्याद थप्दै  गर्ने साधारण सभाले समितिभित्रै पदाधिकारीबीचको विद्यमान विवाद वढ्नेछ। 'भूकम्पका वेला समितिभित्रै पादाधिकारीबीचको झगडाले समितिलाई ठूलो वदनाम गराएको थियो। 

साधारण सभा भर्सेस डेलिगेट भेलाको खवर मातृपाटीसम्म पुगेपछि साधारण सभा अनिश्चित वनेको छ। शुरुमा माउ पार्टी सभापति शेरवहादुर देउपा आउने भनेर प्रचार प्रसार गरिएको समितिका सभापति आनन्द विष्ट भन्छन्, 'स्थानिय निर्वाचनका कारणले उहाँ आउन नपाउने हुन सक्छ तर पार्टीको अर्को जिम्मेवार नेता आउनुहुन्छ।'

सभापति विष्टले साधारण सभालाई विथोल्ने गरेर डेलिगेटस भेला गर्ने यस प्रकारका क्रियाकलाप पार्टीको हितमा नभएको जिकिर गरे। सभापति विष्टको संस्थापन पक्षले साधारण सभाको तयारीलाई अगाडी वढाईसकेको छ।

उपसभापति केशव वडालको संयोजकमा तयारी समिति समेत वनाएर प्रचार प्रसारका कामहरु तिव्र वनाइसकेको छ। दुवै कार्यक्रम पार्टीको हितमा नहुने ठहर गर्दै सानेपा केन्द्रिय कार्यालयले दुवै कार्यक्रमहरु स्थगित गर्नसक्ने यहाँस्थित कांग्रेसका जानकारहरु वताउछन्।

विवाद अपरिहार्य जस्तै वनिसकेको समितिमा वर्तमान सभापति विष्ट र पूर्वसंयोजक सुवेदीबीच विवाद देखिन्छ।

दुवैजना पछिल्लो समयमा टेक्सासमा सम्पन्न अधिवेसनका सभापतिका उमेद्वार थिए जसमा विष्टले चुनाव जितेका थिए। उनीहरुबीचको विवाद अघिल्लो महिनामा एनआरएन अमेरिकाको कार्यक्रममा भागलिन यहाँ आएका काँगेसका नेता तथा परराष्टमन्त्री डा प्रकाशसरण महतले हलगरेर गएको वताईएपनि एकमहिना नपुग्दै साधारण सभा भर्सेस डेलिगेटस भेलाले विवाद जहाकोतहि देखाएको छ । स्वयं माउपार्टीभित्रकै विवादका कारण समिति पनि विवाद वन्न सकेको छैन। 

सभापति विष्ट कार्यसमितिमा वहुमत छन भने पूर्वसंयोजक सुवेदिलाई उनकै पक्षबाट चुनाव लडेका वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी र महासचिव मुनेन्द्र नेम्वाडले साथ छोडिसकेको वताईन्छ। अघिल्लो प्रतिनिधि छनौटमा आफुलाई सहयोग नगरेकोमा असन्तुष्ट वनेका वरिष्ठ उपाध्क्ष केसि र नेम्वाड सुवेदीको पक्षबाट चोइटिएको वताईन्छ। समितिमा प्रभावशालि देखिने प्रमोद सिटौले भने सुवेदिलाई साथ लिएको वुझिएको छ। 

दुईदर्जनवढि च्याप्टरहरु रहेको समितिमा दुवैपक्षहरु आ आफ्नो वहुमत रहेको दावी गर्छन। नेतृत्वले अपरिपक्व र विवादरहित हुन नसकेको सुवेदी पक्षको आरोप छ भने विष्ट पक्षको  सुवेदिले नेतृत्वलाई असफल वनाउन लागि परेको प्रत्यारोप छ। खासगरि दुईपक्षमा देखिने यो विवाद संगठनलाई वनाउने भन्दापनि वदनाम गराउने भएको संगठनका सुवेक्षुकहरुको गुनासो छ। अन्तमा सानेपाको निर्देसनमा चल्नुपर्ने वाध्यतामा रहेको समितिको पूर्वघोषित साधारण सभा हुन्छ या हुदैन यो कुरा अहिल्यै भन्न कठिन छ।

प्रतिकृया दिनुहोस