मेक्सिकोको सिमानामा लगाईने पर्खालमाथी निर्भर डोनाल्ड ट्रम्पको राजनीति

  • Get News Alerts

अमेरिकी माटो र यस भित्रको राजनितीले ब्यापारमा एक सफल हैसियत बनाएका ब्यापारी लाई यस मुलुकको बागडोर जिम्मा लगाएको ६० दिन काटेको छ। अप्रत्यासित रुपले डोनाल्ड ट्रम्प अमेरिका का ४५ औं राष्ट्रपति  चुनिए, बिस्व नै स्तब्ध बन्यो। बिश्वमा नाम चलेका राजनितिक बिश्लेषक तथा नामुद मिडियाहरु सबै फ्लप भए, डोनाल्ड ट्रम्प हिट भए।

अमेरिकि माटो भित्रको एउटा जमातले मन पराउने अत्यन्त कडा र उत्तेजित भाषण अनि राष्ट्रभाव लाई डोनाल्ड ट्रम्पले आफ्नो चुनाबी रणनिती बनाए। सिमा सुरक्षा, स्वास्थ बिमा, रोजगारी, ब्यापार सन्धी आदी जस्ता बिषय लगायत आप्रबाशीहरुका बिरुद्द कडा भाषण गरी आफु खाटी राष्ट्रबादी भएको सन्देश दिदै अमेरिकि ग्रामिण क्षेत्रमा आफ्नो प्रभाव र पहुच फैलाउन सफल भए। 

चुनाबी अभियान ताका देखी नै डोनाल्ड ट्रम्पको भाषण शैली , भाषणमा उनले प्रयोग गर्ने शब्दहरु, बिपक्षीहरु लाई गाली गर्ने तरिका आदी लाई अमेरिकि शहरीयाहरुले पटक्कै मन पराएको थिएन । उता , ग्रामिण क्षेत्रका स्वेत अमेरिकि  लाई भने ट्रम्पको शैलीले प्रभाब पारेको थियो, ट्रम्पलाई आफ्नो रोल मोडल का रुपमा हेरे । 

बास्तबमा डोनाल्ड ट्रम्प एक खुला किताब हुन। कुनै न कुनै रुपमा चर्चामा आउन रुचाउने उनी बिस्व राजनीतिमा एक बिबादस्पद छबि बनाएका एक राजनैतिज्ञ हुन्। उनिसंग न कुनै राजनीतिक अनुभव छ न त कुनै विदेश नीतिको बारेमा अनुभब नै छ। तर डोनाल्ड ट्रम्पको चुनाबी रणनितीले अमेरिकि माटोका बहुसंख्यक स्वेत अमिरेकी जनताको मन र भावना माथी प्रबेश पाउन सफल भयो।

राष्ट्रपतीमा डोनाल्ड ट्रम्पले सपथ ग्रहण लिए पछि चुनाव अभियानमा ब्यक्त गरेका मुख्य कार्यसूचीलाई धमाधम एक पछि अर्को गर्दै कार्यकारी आदेश जारी गरे। उनले जारी गरेका सात वटा कार्यकारी आदेशहरु थिए - मेक्सिकोको सिमानामा पर्खाल लगाउने, ओवामा केयर लाई निस्तेज बनाई सहज र सस्तो स्वास्थ्य बिमाको ब्यबस्था गर्ने ,अमेरिकाले अन्तराष्ट्रिय समुदायलाइ उपलब्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने, अमेरिकाको केन्द्रीय सरकारमा कुनै पनि नयाँ नियुक्ती नगर्न, ट्रान्स प्यासिफिक पार्टनरसिपमा अमेरिका नरहने।

यस मध्य मेक्सिकोको सिमानामा लगाईने पर्खाल र ओबामा केयर लाई निस्तेज बनाई नयाँ स्वास्थ बिमा योजना लागु गर्ने ट्रम्पको चुनाबी नाराले अत्याधिक चर्चा पाएको बिषय हो। डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावको अभियान ताका मेक्सिको संगको दुई हजार माइल लामो सिमानामा पर्खाल बनाउने भन्दै आएका थिए। साथै उनले पर्खाल निर्माणको खर्च पनि मेक्सिकोले नै बेहोर्ने बताउँदै आएका थिए।

असफल आप्रबास निति:

राष्ट्रपतीको पदभार ग्रहण गरे पस्चात ट्रम्पले व्हाईट हाउसमा आफ्ना सहयोगीहरु नियुक्ती गरे। त्यस पस्चात धेरै को अनुमान अनुरुप डोनाल्ड ट्रम्पले एक पछी अर्को कार्यकारी आदेशहरु जारी गरे। आफु राष्ट्रपती निर्बाचित भए पछी चुनाबी प्रतिज्ञा पुरा गर्नु पर्ने चुनौतीमा एक कदम अगाडी बढेका ट्रम्प र उनका सहयोगीहरु कुटनितिक, प्रसासनिक र राजनितिक अनुभबको अभाबले हतासमा गरिएका ती कार्यकारी आदेशहरु बिबादस्पद हुँदै आए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा निषेध गर्ने कार्यकारी आदेश जारी गरे। इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेशमा रोक लगाएको उनको आदेश लाई अदालतले खारेज गरिदियो। त्यस पश्चात उनले गरेको पुनराबेदन लाई समेत अदालतले खारेज गरीदिएर ट्रम्पले अमेरिका प्रबेशमा लगाएको बन्देज अमेरिकाको सम्बिधान बिपरित भएको जनाउदै कानुन भन्दा माथी राष्ट्रपती हुन नसक्ने सन्देश दियो।

ट्रम्प प्रसासनले पुन केहि नरम भएर अमेरिका प्रबेसको सन्सोधित कार्यकारी आदेश जारी गर्‍यो। उक्त सन्सोधित आदेश लागु हुनु भन्दा एक दिन अगाडी उनको सन्सोधित आदेश लाई अर्को एक अदालतले खारेज गरेर ट्रम्प प्रसासनको राजनितिक असफलता को अर्को झटका दिएको छ।

अनियन्त्रीत बोली र ब्यबहार

सामाजिक सन्जालमा अति नै ब्यस्त हुन रमाउने डोनाल्ड टम्पका बिबादस्पद अभिब्यक्तीहरु दिनहु पढन पाईन्छन। उनले उठान गरेका बिबिध बिषय उपर मिडियाहरुमा दिनहु नै चर्चाको प्रमुख बिषय बन्ने गरेको छ। उनका ट्यीटहरुमा आरोप लगाएका बिषयहरुमा तथ्य र आधार भेटिदैनन। उनका अधिकान्स ट्यीटहरुमा आफ्ना प्रतिपक्ष र मिडियाहरुलाई गाली र आरोपका शब्द बाणहरु नै प्रयोग गरेको पाईन्छ।

त्यस्तै गत साता डोनाल्ड ट्रम्पले आफ्नो एक ट्विइटमा पूर्ब राष्ट्रपती बाराक ओबामाले आफ्नो ट्रम्प टावरमा फोन ट्यापिङ गराएको आरोप लगाए पछी यस आरोपको पुस्टीका लागी ट्रम्प प्रसासन लाई फलामको चिउरा चपाए सरह भएको छ।

अमेरिकी तल्लो सदन हाउस अफ कंग्रेसका सभामुख पल रायन, सिनेटका इन्टेलिजेन्स कमिटी अध्यक्ष रिचार्ड बर्र र कमिटीमा रहेका र्‍याकिङ डेमोक्रेट सदस्य मार्क वार्नरले एक पछि अर्को गरेर छुट्टाछुट्टै बयान दिँदै राष्ट्रपति ट्रम्पको आरोपमा कुनै सत्यता नरहेको बताए पछी राष्ट्रपति ट्रम्पको विश्वसनियता माथि प्रश्नचिन्ह लागेको छ। डोनाल्ड ट्रम्पको पटक पटकको अनियन्त्रीत र अस्वभाविक अभिब्यक्तीहरु का कारण बिदेशी मित्र राष्ट्र हरु समेत चिन्तित भएका छन , परराष्ट्र निती समेत प्रभावित भएको छ।

मिडिया सँग चिसिएको सम्बन्ध

अमेरिक मिडियाहरुमाथी आक्रोसित हुँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्बजनिक कार्यक्रममा अमेरिकाका मुलधारका मिडियाहरु अमरिकी जनताका दुश्मन भएको बताए। अर्को कार्यक्रममा मिडियाहरुले प्रतिपक्षको भूमिका खेलेको आरोप लगाए। 

ट्रम्पको ब्यबहार र कार्य शैलीले मिडियाहरु दिक्क भएका छन। यस बाट अन्तरराष्ट्रीय स्तर मा समेत गलत सन्देश गएको छ। अमेरिकि राष्ट्रपतिय निर्बाचन ताका देखी नै ट्रम्पको स्वभाब का कारण बिपक्षमा रहदै आएका मिडिया हाउसहरु को ठुलो समुह ऐले पनि ट्रम्प र उनको कार्य शैली र राजनितिक अदुरदर्शिताको खिल्ली उढाउनमा ब्यस्त छ। आफ्नो बिरोधमा बोल्ने वा लेख्ने मिडियालाई 'फेक न्युज' को उपमा दिने ट्रम्प र मिडिया बिचको यस टकरावले फ्री प्रेस को खिल्ली उढाएको छ भने ट्रम्पको राजनितिक कौसलतामा प्रश्न लागेको छ।

रुस सगंको सम्बन्ध

अमेरिकि आष्ट्रपतिय चुनाबमा सुरु देखी नै रुसले कुनै न कुनै तरिका ले प्रभाबित गरेको आरोपमा ट्रम्पले खण्डन गर्दै आएका छन। यसै बिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्ती गरेका राष्ट्रिय सुरक्षा सल्लाहाकार माइकल फ्लीनले राजिनामा दिनु पर्‍यो।

रूस संग परराष्ट्र निती विपरीत अनुचित सम्पर्क गरेको कारणले फ्लीनलाई राजिनामा दिन दवाव परेको थियो। राष्ट्रिय सुरक्षा सल्लाहाकार माइकल फ्लीन लाई ट्रम्पले राष्ट्रपतिको पद ग्रहण गर्नु भन्दा अगाडी अमेरीकाका लागी रूसका  राजदूत संग यात्रा प्रतिबन्ध का वारेमा चर्चा गरेको आरोप लागेको थियो।

फ्लिनले एक रुसी मिडिया बाट कुनै कार्यक्रम का लागी भनी तीस हजार अमेरिकि डलर लिएको समेत आरोप लागेको छ। रुस सँग ट्रम्पको के कस्तो सम्बन्ध छ त्यस बारेमा छानबिन गर्न प्रतिपक्षको चौतर्फी दबाब परेको छ।

ओबामा केयर

आफ्नो चुनाब ताका अमेरिकी रास्ट्रपती डोनाल्ड टम्पले अमेरिकामा ओवामा प्रशासनले लागु गरेको विवादास्पद स्वास्थ्य सुरक्षा बिमा ‘ओवामा केयर’ लाइ 'डिजास्टर्' भन्द्दै सलर र सस्तो स्वास्थ बिमा बनाउनु पर्ने बताउँदै ओवामा केयर खारेज गर्ने बताएका थिए। स्वास्थ बिमा उनको एक प्रमुख चुनाबी एजेन्डा भित्र पर्दछ। भर्खरै रास्ट्रपती ट्रम्पले सरल र सस्तो स्वास्थ्य बिमाको ब्यबस्थाका लागी तयारी गर्नुपर्ने कार्यकारी आदेश जारी गरेका छन्।

हाल काङ्रेसमा छलफलका लागी पेस भएको ट्रम्पको अपुर्ण बिमा प्रस्ताबले ठुलो प्रस्न र आसन्का सृजना गरेको छ। उनको प्रस्ताबित बिमा योजनामा पचास बर्ष मुनिकाहरु ले सस्तो बिमा पाउने देखिएको छ जहाँ बृद्दहरु का लागी बिमा प्रीमियम महँगो पर्न जाने छ।

काङ्रेसले यही अवस्थामा ट्रम्पको बिमा योजना लाई स्विकृती दिने संकेत देखिदैन। यदी ओबामा केयर लाई हटाएमा ठुलो संख्याका जनताहरु बिमा बिहिन हुने बिज्ञहरु ले बताई रहेको अवस्थामा ओबामा केयर कै अर्को रुपमा ट्रम्पको बिमा स्विकृत  हुन सक्ने बिज्ञ हरु बताउछन। यदी ओबामा केयर कै अर्को रुपमा स्वास्थ बिमा आएमा ट्रम्पको राजनितीमा अर्को ठुलो धक्का लाग्ने छ।

ट्रम्पको गिरदो साख बचाउने हतियार - मेक्सीसँगको पर्खाल

सिमा सुरक्षा सम्वन्धी कार्यकारी आदेशमा मेक्सीको को सिमानामा पर्खाल लगाउने चुनावी नारालाइ ट्रम्पले आधिकारीकता दिएका छन् भने सो कार्यका लागि हाल बजेट समेत छुट्याएका छन। करीब १,२५० माईल ( २ हजार किलो मिटर ) को पर्खाल सन २०२० सम्म सक्ने गरी २६ बिलियन अमेरिकि डलरको बजेट प्रस्ताब गरेका छन।

तीन चरणमा निर्माण सम्पन्न गर्ने लक्ष राखी प्रस्तुत प्रस्ताबमा पहिलो चरणमा २६ माईल (४२ किमी) , दोस्रोमा १७४  माईल (२४२ किमि) र तेस्रो तथा अन्तिम चरणमा १०८० माईल (१७२८ किमि) पर्खाल निर्माण सम्पन्न गरिने योजना छ।

डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावको अभियान ताका मेक्सिको संगको दुई हजार माइल लामो सिमानामा पर्खाल बनाउने भन्दै आएका थिए। साथै उनले पर्खाल निर्माणको खर्च पनि मेक्सिकोले नै बेहोर्ने बताउँदै आएका थिए। तर, मेक्सिकोले ट्रम्पको प्रस्ताब लाई ठाढै नकारेको छ। यदी मेक्सिकोको सिमानामा पर्खाल लगाउने खर्च अमेरिका आफै ले ब्यहोर्नु परेमा ट्रम्पका लागी अर्को ठुलो राजनितिक झटका लाग्ने छ र यसै बाट उनको राजनितिक पतन हुने निस्चित छ। तर, चतुर खेलाडी ट्रम्पले तीन बर्षको योजना राख्नु र सुरुका दुई बर्षमा थोरै र त्यस पछीको  अन्तिम बर्षमा १०८० माईलको पर्खाल बनाउने लक्ष राख्नुको पछाडी अर्को पटकको निर्बाचन लाई प्रभाव पार्ने कुटिल चालका रुपमा हेरिएको छ।

फोटो: गुगल

 

प्रतिकृया दिनुहोस