८ करोडमा तयार भयो अमेरिकामा नेपालीले बनाएको पहिलो 'हिन्दु-बुद्द' मन्दिर (भिडियो अन्तरवार्ता)

  • Get News Alerts

अमेरिका टेक्सास नेपाली समुदायको पहलमा डलासस्थित फोर्टवर्थमा नेपाली मन्दिरको स्थापना गरिएको छ। मन्दिर सन्चालन यसअघिनै गरिएपनि यसको औपचारिक उदघाटन गएको फेब्रवरि २५ मा गरिएको छ।

भाषा संस्कृति, धर्म र परम्परा जोगाउने उद्देश्यले जुन २००७ सालबाट नेपाली आध्यात्मिक तथा साँस्कृतिक केन्द्रको स्थापना गरि मन्दिर निर्माण प्रारम्भ गरिएको हो। हिन्दु तथा वुद्धमन्दिरको नाम दिईएको यस नेपाली मन्दिर स्थापनार्थ ६ वर्षअघि २ लाख ६५ हजार डलरको जग्गा खरिद गरिएको थियो।

अप्रिल १ गते २०१२ मा मन्दिर भवन खरिद गरिएको वताईन्छ। करिव ८ लाख अमेरिकी डलरको लगानीमा तयार भएको नेपाली मन्दिरको स्थापना अमेरिकामै पहिलो हिन्दु तथा वुद्ध मन्दिर मानिन्छ। डलासवरिपरि अर्थात विशेषगरि फोर्टवर्थ निवासी ३ सय परिवारहरुको लगानी र मेहनतमा सम्भव वनेको हिन्दु तथा बुद्धमन्दिरले नेपालमा वहुमतमा रहेका दुईठूला धर्महरु हिन्दु र वुद्ध धर्मलाई समेटेको छ।

दुवै धर्मका मुर्तिहरु राखिएको यस मन्दिरमा दुवैधर्मका कार्यक्रमहरु सन्चालन हुदै आएका छन्। यसपटकको शिवरात्रीको अवसरमा मन्दिरको आकार दिएर यसअभियानलाई यस समाजका अगुवा यस अभियानका संयोज डा मुरली अधिकारीले मुर्तरुप दिएका छन्।

अमेरिकाका अरु राज्यमा वसेका नेपाली समुदायमाझ लोकप्रिय समुदाय डलास नेपाली समुदायले मन्दिर स्थापना गरि धर्म संस्कृतिको संरक्षण मात्र होइन नेपाली भाषा पाठशाला संन्चालन गरि नेपाली भाषा संरक्षण एवं पर्वद्धनमा महत्पूर्ण योगदान खेलेको छ।

यहाँको समुदायले शुरु गरेको नेपाली भाषा पाठशाला अरु राज्यमा रहेका नेपाली समुदायहरुले पनि पछ्याएका छन्। सन १९९० बाट डलासमा नेपालीहरुको वसोवास हुन थालेको वताईन्छ। यसै समुदायमा चिरपरिचित एवं मन्दिर स्थापनाको अभियानमा सहभागी डा मुरली अधिकारीसँग सेतोपाटी ग्लोवलका लागि भोला अाचार्यले तयार पारेको भिडियो अन्तरवार्ता।

 

प्रतिकृया दिनुहोस