कहिल्यै समाधान नहुने जनसम्पर्कसमिति विवाद

  • Get News Alerts

साधारण सभा स्थगित गर्न निर्देशन

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिले अप्रिल २२ मा गर्ने भनिएको साधारण सभा रोकिने भएको छ। माउ पार्टी स्थानीय निकाएको चुनावमा होमिनुपर्ने भएकोले साधारण सभा हाललाई स्थगन गर्न निर्देशन दिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा निर्देशन दिएपछि तयारी समिति गठन गरि प्रचार प्रसार थालिसकेको समितिको साधारण सभा अनिश्चित भएको छ ।

यता अधिवेसन गर्ने समयमा साधारण सभा गर्नु संस्थापन पक्षले आफ्नो पदापधि लम्व्याउने छलकपट पूर्ण नियत हो भन्दै पूर्व संयोजक सुवेदिलगायतको असन्तुष्ट समूहले छुट्टै डेलिगेट्स भेला डाकेपछि साधारण सभा आफैंमा विवादित वनेको थियो ।  गत फेब्रअरीमा १८ मा समितिमा आवद्ध केही व्यक्तिहरुसँग भेटघाट गरि भोलिपल्ट १९ गते अप्रिल ८ मा राष्ट्रिय प्रतिनिधि भेला गर्ने भन्दै एउटा विज्ञप्ति सार्वजानिक गरेका थिए। यता साधारण सभाको प्रचार प्रसार अगाडि बढेपछि पूर्व संयोजक सुवेदीले यही मार्च ८ मा पूर्वघोषित मितिलाई सार्दै साधारण सभाकै मितिमा डेलिगेटस भेला डाकेका थिए।

सुवेदिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अधिकांश पदापधि सकिएको र पदावधि सकिएका च्याप्टरको अधिवेसन गरि केन्द्रीय अधिवेशन बोलाउनुको साटो पदापधि सकिएका च्याप्टरहरुको म्याद थप्दै गर्ने साधारण सभाले समितिभित्रै पदाधिकारीबीचको विद्यमान विवाद बढ्नेछ।’ भूकम्पका वेला समितिभित्रै पादाधिकारीबीचको झगडाले समितिलाई ठूलो वदनाम गराएको थियो ।

साधारण सभा भर्सेस डेलिगेट भेलाको खबर मातृ पार्टसम्म पुगेपछि स्थानीय निर्वाचनको वहानामा साधारण सभा नै स्थगित गर्न पार्टीले निर्देशन दिएको छ। शुरुमा माउ पार्टी सभापति शेरवहादुर देउपा आउने भनेर प्रचार प्रसार गरिएको समितिका सभापति आनन्द विष्टले स्थानीय निर्वाचनका कारणले उहाँ आउन नपाउने हुन सक्छ तर पार्टीको अर्को जिम्मेवार नेता आउने बताउँदै आएका थिए ।

विवाद अपरिहार्य जस्तै बनिसकेको समितिमा पछिल्लो पटक साधारण सभालाई लिएर वर्तमान सभापति विष्ट र पूर्वसंयोजक सुवेदीबीच विवाद सतहमा देखिएपछि केन्द्रले विवाद रोक्न यसप्रकारको निर्देशक दिएको हुनसक्ने बताईएको छ। अघिल्लो पटकको लामो विवादलाई कम गर्न अधिवेशन गराउन सफल पूर्व संयोजक सुवेदी चुनावमा उठेर वर्तमान अध्यक्षसँग हार बेहोरेका थिए । उनीहरुबीचको विवाद अघिल्लो महिनामा एनआरएन अमेरिकाको कार्यक्रममा भागलिन यहाँ आएका काँगेसका नेता तथा परराष्टमन्त्री डा प्रकाशसरण महतले हलगरेर गएको वताईएपनि एक महिना नपुग्दै साधारण सभा भर्सेस डेलिगेटस भेलाले विवाद जहाकोतहि देखाएको छ। स्वयं माउपार्टीभित्रकै विवादका कारण समिति पनि विवाद रहित वन्न सकेको छैन।

सभापति विष्ट कार्यसमितिमा वहुमत छन भने पूर्वसंयोजक सुवेदिलाई उनकै पक्षबाट चुनाव लडेका वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी र महासचिव मुनेन्द्र नेम्वाडले साथ छोडिसकेको बताईन्छ। अघिल्लो प्रतिनिधि छनौटमा आफूलाई सहयोग नगरेकोमा असन्तुष्ट वनेका वरिष्ठ उपाध्क्ष केसी र नेम्वाड सुवेदीको पक्षबाट चोइटिएको वताईन्छ । समितिमा प्रभावशालि देखिने प्रमोद सिटौले भने सुवेदीलाई साथ लिएको वुझिएको छ ।

दुई दर्जन बढी च्याप्टरहरु रहेको समितिमा दुवैपक्षहरू आ आफ्नो वहुमत रहेको दावी गर्छन। नेतृत्वले अपरिपक्व र विवादरहित हुन नसकेको सुवेदी पक्षको आरोप छ भने विष्ट पक्षको  सुवेदीले नेतृत्वलाई असफल बनाउन लागि परेको प्रत्यारोप छ।

खासगरि दुईपक्षमा देखिने यो विवाद संगठनलाई वनाउने भन्दापनि वदनाम गराउने भएको संगठनका सुवेक्षुकहरुको गुनासो छ । अन्तमा सानेपाको निर्देसनमा चल्नुपर्ने वाध्यतामा रहेको समितिको पूर्वघोषित साधारण सभा कहिले गर्ने झन अनिश्चित वनेको छ ।

प्रतिकृया दिनुहोस