अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालीले सञ्चालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट
.jpg)
आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले सञ्चालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन्।
हालै सम्पन्न मिचिगन राज्य स्तरीय प्रतियोगितामा एभरेष्ट तेक्वान्दो स्कुलका १६ खेलाडीले प्रतियोगिताका विभिन्न स्पर्धामा १६ स्वर्ण पाँच रजत तथा चार कास्य पदक जितेको स्कुलका सञ्चालक एवम् प्रमुख प्रशीक्षक लभप्रसाद गोर्खालीले बताए।
सन् २०११ मा स्थापना भएको उक्त स्कुलमा हाल विभिन्न उमेर समूहका ७५ जना जति खेलाडीलाई गोर्खाली लगात अन्य दुई प्रशिक्षकले प्रशिक्षण प्रदान गर्दै आएका छन् ।
खेलाडीहरूको प्रदर्शनमा सन्तोष व्यक्त गर्दै सचालक एवं मुख्य प्रशिक्षक गोर्खालीले राष्ट्रिय प्रतियोगिताका लागि आफूहरूले अझ मिहिनेत गर्ने बताए।
‘छनोट खेलका रुपमा रहेको मिचिगन राज्य स्तरिय प्रतियोगितामा खेलाडीहरूले प्राप्त गरेको सफलतामा हामी स्वाभाविक रुपमा खुसी छौँ । तर यो उपलब्धिले राष्ट्रिय प्रतियोगितामा सफलता हसिल गर्ने चुनौति थपि दिएको छ र त्यसका लागि हामी तयार छौँ,’ गोर्खालीले भने ।
उक्त प्रतियोगितामा दुई नेपाली खेलाडी विप्लव खरेल र अनमोल गोर्खाली पनि छनोट भएका छन् । प्रशिक्षककको जिम्मेवारी अमूल गोर्खालीले निर्वाह गरेको स्कुलले जनाएको छ ।
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर