खगेन्द्र जिसी नेपाल सरकारका अवैतनिक सल्लाहकार

  • Get News Alerts

नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ। एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहेका क्षेत्रीलाई मन्त्री स्तरीय निर्णयबाट आजैबाट लागु हुने गरि अवैतानिक सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयबाट जिसीलाई दिइएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत पर्ने कानुनी तथा नीतिगत बिषयमा गैर आवासीय नेपाली संघ एवम् अन्य बिदेशस्थित नेपाली संस्थासंग समन्वय गरी परामर्श दिन समेत सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ।

जिसीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्जन गरेको कानुन सम्बन्धीको ज्ञानलाई नेपाल सरकारले कदर गर्दै नियुक्त गरेको समेत जनाएको छ। परारष्ट्र मन्त्रालयले बिदेशमा नेपालीको संख्या बढेसंगै पहिलो पटक एनआरएन सल्लाहकार नियुक्त गरेको हो।

मन्त्रलायले आफुलाई सल्लाहकारमा नियुक्त गरेपछि खुशी ब्यक्त गर्दै जिसीले नेपाल सरकार, परारष्ट्र मन्त्री, मन्त्रालय, सचिव, लागयत सबैमा हार्दिक आभार ब्यक्त गरेका छन्। कोलम्बीया बिश्वबिद्यालयबाट एलएलएम र फोरधाम युनिभर्सीटीबाट जेडि गरेका जिसी न्यूयोर्क, क्यालिफोर्निया , टेक्सास र नेपालमा समेत क्षेत्री एण्ड एशोसिएट्स नामक ल फर्म सञ्चालन गरेर कानुनी सेवामा सकृय छन।

प्रतिकृया दिनुहोस