'अर्को जन्म' न्युयोर्कबाट बिमोचन

  • Get News Alerts

प्रवासमा रहेर पनि देश र माटोको मायालाई साहित्यकारले जस्ताको तस्तै उतार्न सक्छन् भन्ने प्रमाणहरु पछिल्लो समय धेरै साहित्यकारहरुले सत्य सबित गर्दै आएका छन्।

परदेशमा हुँदा झनै देशको माया स्वदेशमा हुँदा भन्दा ज्यादा हुने साहित्यकारहरुको ठम्याई छ। हुन पनि हो, प्रदेशमा हुँदा आफ्नो मातृभुमीको मायाले छाती भत्तभति पोलीरहँदा झनै बढी सृजना हरु सृजित हुन्छन्। त्यस्ता सृजनाहरु नै प्रायकालजयी हुने गर्दछन्।

दशकौ देखि प्रवासी जीवन बिताउदै आएकी इन्दिरा चेम्जोङले पनि त्यस्तै देश, माटो, गाँउघर, प्रेम, पर्खाई र आशा निरासालाई गीति शब्दमा उतारेर गीतकारको रुपमा आफुलाई उपस्थित गरेकी छिन। आफ्ना  गीतहरुलाई न्याय दिनको खातिर उनले आफ्नै देशका केहि गायक गायिकाको आवाजमा अर्को जन्म नाम दिईएको एल्बममा ६ वटा गीत हरु रेकर्ड गराएर न्युयोर्कमा एक कार्यक्रम बिचसार्वजनिक गरेकी छिन। ६ वटै गीतको म्युजिक भिडीयो बनाएकी चेम्जोङले ५ वटा नेपाली र एउटा लिम्बु भाषाको गीत एल्वममा राखेकी छिन।

नेपालको पुर्व धनकुटामा जन्मीएकी ईन्दिरा चेम्जोङ दशकौ देखी अमेरीकाको न्युयोर्क बस्दै आएकी छिन। आईतवार न्युयोर्कमा नेपाली अमेरीकन कलाकार संघले आयोजना गरेको एक कार्यक्रमा उनकोअर्को जन्म गीति एल्वम बिमोचन गरीएको छ।

नेपाली बाणिज्य दुताबास न्युयोर्कका प्रमुख साहित्यकार कृशु क्षेत्री, नेपाली अमेरीकन कलाकार संघका अध्यक्ष गायक सुमन बुडामगर तथा समाजका बिभिन्नब्यक्तित्वहरुको उपस्थितिमा एल्वम बिमोचन गरीएको छ। उप्त एल्बममा नेपालका चर्चित गायक गायिका दीपक लिम्बु, स्वरुपराज आचार्य, प्रमोद खरेल, मिलन अमात्य, अन्जु पन्त, मेलीन राई र सीता सिङ्गकले आवाज दिएका छन भने बसन्त सापकोटा, ताराप्रकाश लिम्बु, बाबुल गिरी आदीले संगीत भरेका छन्।

प्रतिकृया दिनुहोस