काठमाडौं मेयरका उम्मेदवारज्यू , बढदो ट्राफिक जाम र वातावरणीय प्रदूषण कम गर्ने कस्तो योजना छ?

  • Get News Alerts

२०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि नेपालमा राजनीतिक चहल पहल ह्वात्तै बढेको अवस्थामा प्रबासमा समेत चिन्ता र चासो शुरु भएको छ।

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरको मेयरका लागि हुने निर्वाचनको चर्चा नेपालीबिच बिशेष हुने गर्छ। पुरातात्विक महत्व बोकेको देशको राजधानी र सुविधा सम्पन्न शहरको बिकास र विस्तारका लागि काठमाडौं महानगरको मेयरको पद अत्यन्त महत्वपूर्ण मानिन्छ। 

काठमाडौं महानगरको मेयरका लागि हालसम्म घोषणा गरिएका दुई उम्मेदवारहरू अहिले अत्याधिक चर्चामा छन। एक हुन निस्पक्ष, निश्चल र प्रतिबद्द, अनुभवी र पाको प्रशासक नेपाल सरकारका पूर्वसचिव किशोर थापा र अर्का जोश र जागरले भरिपूर्ण २१ वर्षिया युवा रन्जु दर्शना।

काठमाडौं उपत्यकाको एक प्रमुख चुनौती भनेको नै अब्यवस्थित यातायात प्रणाली हो। कही कतै जानु पर्‍यो भने सवारीको अत्याधिक चापले समयमा तोकिएको स्थानमा पुग्न नसक्नु, धुँवा र धुलो जस्ता वातावरणीय प्रदुषणले जनस्तर प्रभावित हुनु चिन्ताको विषय भएको छ। यसै प्रसंगमा काठमाडौंको मेयरका उम्मेदवारका लागि काठमाडौंको बढ्दो ट्राफिक जाम र वातावरणीय प्रदूषण कम गर्नउनीहरुको भावी योजनाका बारेमा सोच्न, छलफल गर्न र मेयर भएपछि कार्यान्वयन नै गर्न काठमाडौंमा स्लगिङ र कारपोलिङ विधिबारे एक खोजमूलक जानकारी प्रस्तुत गरेको छु।

काठमाडौं उपत्यकामा यातायातको अवस्था:

वर्तमान स्वास्थ मन्त्री रहेका गगन थापासहितको समूहले लिभेवल काठमाडौं अन्तर्गत केही समयअघि गरेको अध्ययनलाई नै लिने हो भने, बागमती अञ्चलमा दैनिक १८० को हाराहारीमा सवारी साधनहरू दर्ता हुन्छन् र ती मध्ये ९२% निजी सवारी साधन हुने गर्दछन्। दर्ता भएका १८० मा ९०% काठमाडौं उपत्यकाभित्र नै संचालन हुने गर्दछन्। यो भन्दा भयावह स्थिति त मानिसहरुले दैनिक तय गर्ने यात्राको २७.% हिस्सा सार्वजनिक यातायातले ओगट्छ तर सार्वजनिक सवारी साधनले उपत्यकाभित्र गुड्ने सवारी साधनको २.५ प्रतिशत मात्र ओगट्छन्। २०६९-७० सालमा कुल २,०८,४६३ सवारी साधन दर्ता भएका छन्। यो संख्या ठिक दश वर्ष पहिले ५९/६० मा ३७,६१० थियो। प्रतिशतमा हर्दा यो ४५४% को वृद्धि हो।

माथिको  तथ्यान्कलाई बिश्लेषण गर्दा काठमान्डौ उपत्यका भित्रको सवारीको संख्या कहाली लाग्दो अवस्थामा बृद्दी  भै रहेको देखिन्छ। काठमान्डौको यातायात ब्यबस्थामा अनेकौ समस्याहरु छन्। उपत्यका भित्र गाडी चल्ने स्थानहरुको निर्धारण देखी लिएर फुटपाथ निर्माण गर्ने सम्म सरकारी नितीहरु स्पष्ट नभै दिदा जताततै समस्या र अस्तव्यवस्थता देखिएको छ। काठमाडौंको यातायात क्षेत्रको समस्या र त्यसले पारेको प्रभावका बारेमा बर्णन गरी सक्नु छैन। यसरि समय मै यस क्षेत्रको सुधारका लागी ध्यान नपुग्दा यातायात क्षेत्रमा दिनहु समस्याहरु थुप्रेका छन। यातायात क्षेत्रकामा थुप्रेका समस्याका लामो सुची नै बनाउँन सकिन्छ। यातायातको क्षेत्रलाई ब्यबस्थित गर्न धेरै बिज्ञ, अनुसन्धानकर्ताहरुले दिएका सुझावहरु लाई सरकार परिबर्तन सगै तुहाउने गरीएको नजिर छ।

जनस्तरको भूमिका:

हरेक कुरामा सरकार मुख ताक्ने बानीले आफु र आफ्ना समाजले गर्न सक्ने कार्यहरु समेत हुन सकेका छैनन। आफ्नो टोलको सर सफाई, फोहोर मैला ब्यबस्थापन, अर्गानिक बस्तुको प्रयोग, बिषादीको प्रयोगमा रोक्, जलबायु प्रदुषणमा जनचेतना अभिबृदी आदीमा जनस्तरबाट धेरै कामहरु गर्न सकिन्छन तर उत्साहजनक रुपमा हुन सकेको पाइदैन।

नेपालको इन्धन संकट टार्नका लागी दिर्घकालिन समाधानका बिबिध उपायहरुमा सरकार तथा सिंगो नेपाली जनता लाई सोच्न बाध्य पारेको छ। गत बर्ष भारतले गरेको नाकाबन्दीका कारण नेपालको अर्थतन्त्र नै डगमगायो। इन्धनको अभावका कारण कल कारखानाहरु बन्द भए, गाडीहरु सहज रुपले गुडन पाएनन अनि ग्यासको अभावले घरमा खाना पकाएर खान पाईएन। त्यस ताका ग्यासको बिकल्पका लागी बिधुतिय इन्डक्सन कुकटपको प्रयोग एक्कासी बढेको पाइयो।  त्यस्तै कार्यालय आवत जावतका लागी केहि सेयर एन्ड राइड गरेको पनि देखियो। यस्ता मितब्ययी बिधीहरु फेसनका लागी नभएर आवस्यकताका लागी स्थाई हुनु आवस्यक देखिन्छ।  यसै सन्दर्भमा  वातावरणीय प्रदुषणमा कमी ल्याउन, काठमान्डौ उपत्यकाको यातायात ब्यबस्थापनका लागी बढदो ट्राफिक जाम लाई ब्यबस्थित गर्न  तथा बढदो इन्धन समस्याको आजको अवस्थामा स्लगिङको सवारी प्रयोग एक मितब्ययी बिधी हुन सक्ने बिचार यस लेख मार्फत प्रस्तुत गरेको छु।

अमेरिकामा स्लगिङ कसरी गरिन्छ?

वाशिंगटन, डीसी महानगरीय क्षेत्रमा कार्यालय समयमा आवत जावत गर्नका लागी अत्याधिक ट्राफिक हुने हुँदा उत्तरी भर्जेनिया र वाशिंगटन, डीसी बिच कार्यालय समयमा सुगम यातायात होस भन्ने हेतुले यस छेत्रमा HOV (High Occupancy Vehicle) लेनको स्थापना गरिएको छ। यस लेनमा गाडी चलाउनका लागी कम्तिमा तीन जना सवारी अवस्यक हुन्छ।अत्: आफ्नो गन्तब्य स्थानमा जान वा फर्कनका लागी तोकिएको संख्याका मान्छेहरु गाडीमा राखी सवारी लिएर HOV लेनको प्रयोग गर्नुलाई स्लगिङ भनिछ।यो बिधी स्वस्फुर्त रुपमा स्थानिय जनताबाट स्थापना गरिएको हो।  यो लेन एक प्रकारको एक्स्प्रेस लेन जस्तै हो। यस बिधीको सवारीमा गाडी वाला लाई HOV लेनमा तोकिएको सवारी चाहिएको हुनाले  गाडी चढने ब्यक्ती (स्लगर ) ले गाडी वालालाई पैसा तिर्नु पर्दैन, यो निशुल्क हो।

यस बिधीलाई सन्चालन गर्न स्लगरहरुले आफ्नै शिष्टाचार र नियम बनाएका छन , जस्मा मुख्य नियमहरु यस प्रकार तोकिएको छ :

) HOV लेन प्रयोगका लागी गाडिमा तीन जना वा सो भन्दा बढी हुनु पर्ने छ

) सबै स्लगरहरु लाईन लागेर सवारी कुर्नु पर्ने, पहिला जो उभिएको छ उसैले पहिला गाडी चढन पाउछ।

) स्लगरहरुले गाडी भित्र खाना खान, धुम्रपान गर्न निशेध गरिएको छ

) गाडीको चालक बाहेक गाडी मा बस्ने स्लगर हरुले झ्याल ढोका खोल्न पाउने छैनन्

) गाडीमा फोन गर्न पाइने छैन, तर अत्यन्त आवस्यक भएमा गाडी चालक लाई जानकारी दिएर फोन गर्न पाइनेछ

) गाडी भित्र राजनैतिक्, धार्मिक तथा यौनका बारेमा कुराकानी तथा छलफल गर्न पाइने छैन।

) सिट बेल्ट सबै का लागी अनिवार्य छ

) गाडी भित्र फोहर गर्न र फ्याल्न मनाही छ

) गाडी मा सवार भए बापत को सुल्क वा पैसा लिना दिन पाइने छैन।

) गन्तब्यमा पुगे पछी एक आपसमा धन्यबादको आदान प्रदान गर्ने

 स्लगिङको सुरुवात:

१९७० को दसक ताका खाडी युग्दका समयमा खाडीका पेट्रोलियम निर्यात गर्ने देशहरु (ओपेक्) ले तेल निर्यातमा अमेरिका लगायत नेडरल्यान्ड माथी प्रतिबंध लगाए पस्चात अमेरिकामा इन्धनको खपत मा मितब्ययिता अपनाउन का लागी स्लगिङको अबधारणा सुरु भएको अनुमान गरिन्छ। वाशिंगटन, डीसी र उत्तरी भर्जिनिया क्षेत्रमा करीब ४० बर्ष आगाडी अर्थात सन्१९७५ तिर कारपोल र भ्यानपोलका लागी HOV लेन सुरु भए लगत्तै स्लगिङ पनि सुरु गरिएको अनुमान गरिन्छ। तथापी , सरकार सँग स्लगिङको आधिकारिक अध्ययन बारे रेकर्ड नभएको हुँदा स्थानिय जनताहरुसँगको प्रतक्ष्य अन्तरबार्ताका आधारमा स्लगलाईन डट कमले स्लगिङको सुरुवाती इतिहास केलाएको छ।

स्लगिङ र कार्पोलिङमा भिन्नता:

स्लगिङमा प्रतेक दिन लिफ्ट लिने र दिने फरक फरक हुन्छन भने कार्पोलिङमा प्रतेक दिन लिफ्ट लिने र दिने एउटै ब्यक्तीहरु हुन्छन। स्लगिङमा गाडीवालालाई HOV लेनमा गाडी चलाउन तोकिएको सवारी चहिने हुँदा निसुल्क सवारी हुन्छ भने कार्पोलिङमा आपसी समजदारी अनुसार आलो पालो गाडी चलाईन्छ र खर्च पनि दामासाहीले बाड्फाड गरिन्छ। अत: HOV लेनको प्रयोगका लागी मात्र स्लगिङ गरिन्छ भने कार्पोलिङ कुनै पनि स्थानमा नियमित आवत जावतका लागी निस्चित ब्यक्तीहरु मिली गरिन्छ।

काठमान्डौ उपत्यकामा स्लगिङ प्रणाली सम्भव छ:

नेपाल जस्तो भुपरिबेस्ठित मुलुकका लागी स्लगिङ बिधीको सुरुवात अत्यन्त लाभकारी देखिन्छ। बर्तमान इन्धन समस्यालाई नै हेर्ने हो भने पनि नेपालका राजमार्ग तथा काठमाडौं भित्र प्रबेस गर्ने ठुला बाटाहरुमा निस्चित समय तोकी रिभर्सेवल लेन मार्फत स्लगिङको सुरुवात गर्न सकिन्छ। यस कार्यमा जनताले नै स्वस्फुर्त रुपमा स्लग लाईन स्थापना गर्न सक्छन, तर सरकारी निती र अनुगमन पनि आवस्यक पर्दछ। उदाहरणका लागि- सुर्यबिनायक देखी कोटेश्वर, कोटेश्वर देखी माइतिघर्, थानकोट देखी त्रीपुरेश्वर्, बुढानिल्कन्ठ देखी नारायन गोपाल चौक आदीका लागी एउटा लेन लाई कार्यालय समयमा समय तोकी HOV लेन बनाएर स्लगिङ प्रयोग गर्न सकिन्छ।

माथि बर्णन गरिए झै अमेरिकामा संचालित स्लगिङको उपलब्धी र त्यसबाट  हुने फायदालाई मध्यनजर गरी  नेपालमा पनि स्लगिङको ब्यबस्थापन गर्न छलफल हुनु, अध्ययन गर्नु र योजना बनाउन ढिलो गर्नु हुँदैन। जसरि अमेरिकालाई खाडी युग्द्द ताका तेल निर्यातमा अबरोध भयो र उस्ले त्यही समय देखी मितब्यईता का बिभिन्न उपायहरु अबलम्बन गर्यो त्यसै गरी आज नेपालले स्लगिङ्, कारपोल्लिङ जस्ता बिधी अपनाउनु आवस्यक छ। बिदेशी इन्धनमा पुर्ण रुपमा भर पर्ने नेपाल जस्तो सानो र सिमित स्रोत र साधन भएको देशका लागी इन्धनमा गरिने खर्चमा बचत गरी गरीबीले थला परेका जनतालाई मलम लगाउनु आजको आवस्यकता र सरकारको पहिलो प्राथमिकता हुनु पर्दछ।

सरकारी नीति र अनुगमन

सरकारले स्लगिङ गर्ने सवारी चालक र सवारी लिने स्लगर्सका लागि सुरक्षाको प्रत्याभूति दिनु पर्दछ। यसका लागि एउटा कार्ययोजना बनाई निम्न अनुसारको सुरक्षाको प्रत्याभूति प्रदान गर्न सके स्लगिङ विधिले सार्थकता पाउने छ।

१ स्लगिङ स्टेसन तोक्ने

२ ट्राफिक कर्मचारीलाई स्लगिङ स्टेसनमा व्यवस्थापनका लागि खटाउने

३ स्लगिङका गाडीका रेकर्ड राख्ने

४ गाडीमा बस्ने स्लगरका रेकर्ड राख्ने

५ गाडी रोक्न र स्लगर चढाउन पाउने स्थान तोक्ने

६ स्लगिङको नियम बनाउने, लागू गराउने र अनुगमन गर्ने

निस्कर्ष:

काठमान्डौ उपत्यकाको अब्यबस्थित यातायात प्रणाली, बढदो सवारी चाप र त्यस्ले निम्त्याएको बिबिध समस्याहरुको समाधान गर्दै इन्धनको प्रयोगको आत्मनिर्भरतामा नेपालले निर्णय गर्ने बेला भएको छ। इन्धनको मितव्ययी प्रयोगकालागी यस भुपरिबेस्ठिट देशले अबलम्बन गर्नु पर्ने धेरै उपायहरु मध्ये माथि औलाइएको स्लगिङ एक भरपर्दो उपाय हुन सक्छ। निश्चित समय तोकी काठमान्डौका ब्यस्त रुटहरुमा यो बिधिको प्रयोग गरिएमा ऐले देखिएको सवारी चाप र त्यस बाट भै रहेको जाम तथा वातावरणीय प्रदूषणलाइ धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ।

ट्विटर: @sunildahal

प्रतिकृया दिनुहोस