अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १०० दिन

  • Get News Alerts

संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव शशी थरुरले अमेरिकाका बारेमा ब्यक्त गरेका विचार झै साच्चै नै संयुक्तराज्य अमेरिका विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्र र एउटा पूरानो लोकतन्त्र भएको, आप्रवासीका लागि स्वर्गभूमि, र सपनाको भूमि अर्थात मेहनत गर्नेका लागि अपार अवसर भएको मुलुक हो।

यो भूमि बोइङ र इन्टेल, गूगल र एप्पल, माइक्रोसफ्ट र एमटीभी, हलीउड र डिस्नेल्यान्ड, म्याक्डोनाल्ड र स्टारबक्सको मुलुक हो, अर्थात विश्वका केही सर्वाधिक मान्यता प्राप्त र प्रभावशाली ब्रान्डको देश भनेर चिनिन्छ ।

त्यस्तै राम्रो कथा संगालेको भूमि पनि हो अमेरिका। अन्य मुलुकबाट अमेरिकामा बसाई सरेका अल्बर्ट आइस्टाईन, मेडलिन अलब्राइट, सर्गेइ ब्रिन, स्टीव जब्स, पियरे ओमिदयार जस्ता आप्रबासी ब्यक्तित्वहरुले ‘महान’ बनाएको देश हो अमेरिका।

स्वतन्त्र  प्रेस र खुला समाज, आप्रवासी र शरणार्थीहरुलाई स्वागत र नयाँ विचार, नवीन खोजी र आविष्कारमा अग्रणी छ यो मुलुक। यी सबैले अमेरिकालाई विशिष्ट कथाहरु भन्ने क्षमता प्रदान गरेको छ जुन प्रतिस्पर्धी अन्य मूलुकहरुको तुलनामा निकै बढी प्रेरणादायी र आकर्षक छन्। अमेरिकी संस्कृति र विचारधारा अन्य मुलुकका लागि पनि अनुकरणीय छ र यसको अन्तर्राष्ट्रिय विश्वसनियता मुलुकभित्रैको व्यवस्थापनमा पनि निर्भर छ।

अर्थात , सरकार परिवर्तन सँगै नयाँ ब्यवस्थापनको परराष्ट्रनीतिले मुलुकको प्रतिष्ठा र लोकप्रियताको मापन गर्छ।

 व्हाईट हाउसमा डोनाल्ड ट्रम्पको प्रवेश  

डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भए पश्चात उनलाई लिएर संसारभरबाट थुप्रै आशंका र प्रश्न तेर्साईए। थुप्रै मानिस ट्रम्प राष्ट्रपति निर्वाचित भएको स्वीकार गर्न सकिरहेका थिएनन् भने अमेरिकाकै थुप्रै स्थानहरुमा अझै पनि बिरोध प्रदर्शन भइरहेका छन्।

यद्यपि कंग्रेसमा पनि उनकै रिपब्लिकन पार्टीको बर्चश्व छ। ट्रम्पको विजय पश्चात सत्ता सम्हालेपछि ट्रम्पले के के गर्नेछन् भनेर मान्छेहरुले अनुमान लगाउन सुरू गरेका थिए । मुसलमान, समलिंगी विवाह, गर्भपतन, जलवायु परिवर्तन तथा अन्य केही मुद्दाहरूमा ट्रम्पको धारण कहिल्यै सकारात्मक थिएन। चुनावी अभियानका क्रममा पटक पटक ट्रम्पले यस्तै बिवादित विषयहरुमा भाषण गरेका थिए।

अप्रत्यासित रुपले डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति चुनिए, विश्व स्तब्ध बन्यो। विश्वमा नाम चलेका राजनितिक विश्लेषक तथा नामुद मिडिया सबै फ्लप भए, डोनाल्ड ट्रम्प एकाएक हिट भए।

वास्तवमा डोनाल्ड ट्रम्प एक खुला किताब हुन्। कुनै न कुनै रूपमा चर्चामा आउन रूचाउने उनी विश्व राजनीतिमा एक विवादास्पद छवि बनाएका राजनीतिज्ञ हुन्। उनीसँग न कुनै राजनीतिक अनुभव छ न त कुनै विदेश नीति। तर, डोनाल्ड ट्रम्पको चुनाबी रणनीतिले बहुसंख्यक अमेरिकी स्वेत जनताको मन र भावनामाथि प्रबेश पाउन सफल भएको ठानिन्छ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि चुनाव अभियानमा ब्यक्त गरेका मूख्य कार्यसूचीलाई धमाधम एक पछि अर्को गर्दै कार्यकारी आदेश जारी गरे। उनले जारी गरेका कार्यकारी आदेशहरु थिए: मेक्सिकोको सीमामा पर्खाल लगाउने, ओवामा केयरलाई निस्तेज बनाई सहज र सस्तो स्वास्थ्य बिमाको ब्यवस्था गर्ने ,अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई उपलब्ध गराउँदै आएको आर्थिक सहयोग बन्द गर्ने, अमेरिकाको केन्द्रीय सरकारमा कुनै पनि नयाँ नियुक्ति नगर्ने, ट्रान्स प्यासिफिक पार्टनरसिपमा अमेरिका नरहने, ६ मुस्लिम बाहुल मूलुकका नागरिकलाई अमेरिका प्रवेशमा बन्देज लगायतका प्रमूख हुन्।

यस मध्ये मेक्सिकोको सीमानामा लगाईने पर्खाल र ओबामा केयरलाई निस्तेज बनाई नयाँ स्वास्थ्य  बिमा योजना लागू गर्ने ट्रम्पको चुनाबी नाराहरु अत्याधिक चर्चा पाएका विषय हुन्।

यसै बिच अमेरिकी माटो र यस भित्रको राजनीतिले ब्यापारमा एक सफल हैसियत बनाएका ब्यापारी ट्रम्पलाई मुलुकको बागडोर जिम्मा लगाएको १०० दिन पुगेको छ।

के भन्छन् विपक्षी

अमेरिकाको राष्ट्रपतीय निर्बाचनमा डोनाल्ड ट्रम्पको विजयले अन्तर्राष्ट्रिय जगतमा स्थापित अमेरिकाको प्रतिष्ठा चकनाचुर भएको डेमोक्राटस अमेरिकीहरुको भनाई छ। उनीहरुको आरोप छ - अमेरिकासँग कहिल्यै सरोकार नराखेका: आप्रवासीमाथि त्रास, महिलामाथि द्वेषभाव, नैराश्य र स्वार्थप्रेरित कार्यहरु जस्ता अकल्पनीय विषयहरुले अहिले अमेरिकी समाजमा प्रवेश पाएको छ। कुनै पनि नागरिकलाई आफ्ना आकांक्षाको परिपूर्तिमा समान अवसर उपलब्ध गराउने विगतको अमेरिकी प्रतिबद्धतालाई यसपटक जिम्मेवार नेतृत्वबाटै भर्त्सना र आरोपित गरिएको छ। अन्य मुलुकमाथि लोकतान्त्रिक अभ्यासका बारेमा दृढतापूर्वक परामर्श गरिरहेको अमेरिकाले चुनावी नतिजा आफ्नो पक्षमा नआए त्यसलाई अस्वीकृत गर्ने धम्की दिने नेतालाई राष्ट्रपतिमा विजयी गराएको तिक्तता पोख्छ्न बिपक्षीहरू।  

राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमोदन रेटिङ

अमेरिकामा राष्ट्रपतिले गरेका निर्णयहरुको सफलता र प्रभावलाई बिभिन्न बिधिको प्रयोग गरी बिष्लेषण गर्ने चलन छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको १०० दिनमा शुरूको अनुमोदन रेटिङ लगभग चार अंकले तल झरेको द गार्डियनले जनाएको छ।  

राष्ट्रपतिको पदभार ग्रहण गर्दा शुरूमा ४५.५% को स्वीकृती अनुमोदन रेटिङ झरेर १०० दिनमा ४१.७% सम्म पुगेको फाईब थर्टी एट मोडलले जनाएको छ। ‘कुनै पनि प्रशासनले पहिलो ९० दिनमा धेरै काम गर्न सकेका छैनन्’ -भनी उक्त निष्कर्ष पश्चात राष्ट्रपति ट्रम्पले ट्वीट गरेका छन्।

तर बिगतका पाँच अमेरिकी राष्ट्रपतिको १०० दिनको अनुमोदन रेटिङ हेर्ने हो भने, रोनाल्ड रेगन: ५१ प्रतिशत बाट ६८ प्रतिशत (गला अपका अनुसार), जर्ज एचडब्लू बुस - ५१ प्रतिशत बाट ५६ प्रतिशत (गला अप), विल क्लिन्टन - ५८ प्रतिशतबाट ५५ प्रतिशत (गला अप), जर्ज डब्लु बुस -५७ प्रतिशत बाट ६२ प्रतिशत (गला अप), बाराक ओबामा -६८ प्रतिशत बाट ६५ प्रतिशत (गला अप) । पूर्व राष्ट्रपति बाराक ओबामाको स्वीकृति अनुमोदन दर ६५ प्रतिशतलाई उच्च मानिएको छ ।

राजनीतिक बिश्लेषकहरु भन्छन्- वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको यो अनुमोदन रेटिङ अत्यन्त कम हो। लोकप्रिय भोट नपाए पनि अत्यन्त राम्रो मतका साथ अमेरिकी राष्ट्रपतिमा निर्वाचित  ट्रम्पको यो अनुमोदन रेटिङ आखिर कसरी न्यून हुन गयो? यो चासोको विषयमा राष्ट्रपति ट्रम्पको १०० दिने कार्यकाललाई निम्न अनुसार फर्केर अध्ययन गर्न सकिन्छ ।

ट्रम्पको आप्रवासन ति:

राष्ट्रपतिको पदभार ग्रहण गरे पश्चात चुनावी वाचा पुरा गर्नुपर्ने चूनौतीमा एक कदम अगाडि बढेका ट्रम्प र उनका सहयोगी कुटनीतिक, प्रशासनिक र राजनितिक अनुभवको अभावले हतासमा गरिएका कार्यकारी आदेशहरु विवादास्पद हुँदै आए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सबै शरणार्थी र विश्वका सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा निषेध गर्ने कार्यकारी आदेश जारी गरे। इस्लामिक आतंकवादीलाई अमेरिकाबाट बाहिर राख्ने भन्दै प्रवेशमा रोक लगाएको उनको आदेशलाई अदालतले खारेज गरिदियो। ट्रम्प प्रशासनले पुन: केही नरम भएर अमेरिका प्रवेशको शंशोधित कार्यकारी आदेश जारी गर्‍यो। उक्त संशोधित आदेश लागू हुनुभन्दा एक दिन अगाडि अर्को एक संघीय अदालतले पुन: खारेज गरेर ट्रम्पको राजनीतिक असफलतामा एउटा ठूलो इट्टा थपिदियो ।

त्यस्तै, अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा अमेरिकाका एक सङ्घीय न्यायाधीशले फैसला गरिदिए। राष्ट्रपति ट्रम्पको अनुमोदन रेटिङ ओरालो लगाउन उनको आप्रवासन नीतिको कार्यकारी आदेशलाई प्रमूख मान्न सकिन्छ।

मेक्सिकोको मानामा लगाईने पर्खाल

डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावको अभियानताका मेक्सिकोसँगको दुई हजार माइल लामो सीमानामा पर्खाल बनाउने भन्दै आएका थिए। साथै उनले पर्खाल निर्माणको खर्च पनि मेक्सिकोले नै बेहोर्नुपर्ने बताएका थिए। तर, मेक्सिकोले ट्रम्पको प्रस्ताव ठाडै नकारेको छ। मेक्सिकोको सीमानामा पर्खाल लगाउने खर्च अमेरिका आफैंले ब्यहोर्नका लागि राष्ट्रपति ट्रम्पले तीन वर्षको कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन्। चुनावी अभियान ताकाको आफ्नो बाचाबाट पछि हटेका ट्रम्पको लागि अनुमोदन रेटिङ ओरालो लगाउन म्याक्सिकोको पर्खाल पनि एक हुन सक्छ। तर, यदि उनको पहिलो कार्यकालमा मेक्सिकोको सीमानामा पर्खाल लगाउने कार्य भएमा राष्ट्रपति ट्रम्पले अर्को पटकको निर्वाचनमा पनि पुन: जित हात पार्ने विष्लेषकहरु भन्छन्।

ट्रम्पको स्वास्थ बिमा नीति

आफ्नो चुनाव ताका अमेरिकी राष्ट्रपति टम्पले अमेरिकामा ओवामा प्रशासनले लागू गरेको विवादास्पद स्वास्थ्य सुरक्षा बिमा ‘ओवामा केयर’ लाई "डिजास्टर" भन्दै सरल र सस्तो स्वास्थ बिमा बनाउनुपर्ने बताउँदै ओवामा केयर खारेज गर्ने बताएका थिए। स्वास्थ बिमा उनको एक प्रमुख चुनावी एजेन्डा भित्र पर्छ। राष्ट्रपति ट्रम्पले सरल र सस्तो स्वास्थ्य बिमाको ब्यवस्थाका लागि तयारी गर्नुपर्ने कार्यकारी आदेश जारी गरे पश्चात कंग्रेसमा छलफलका लागि पेश भएको ट्रम्पको अपूर्ण बिमा प्रस्तावले ठूलो प्रश्न र आशङ्का सिर्जना गर्‍यो, आफ्नै रिपब्लिकन पार्टीका काङ्ग्रेसहरूबाट समेत आलोचना खेप्नु पर्‍यो। अन्त्यमा उनले सिनेटमा प्रस्तुत गरेको प्रस्तावित स्वास्थ बिमा योजना फिर्ता लिन बाध्य हुनु पर्‍यो। यसबाट ट्रम्पको राजनीतिक असफलताको अर्को ठूलो इट्टा थपियो। चुनावी अभियानताकाको आफ्नो बाचाबाट पछि हट्न बाध्य भएका राष्ट्रपति ट्रम्पको लागि अनुमोदन रेटिङ ओरालो लगाउन यसले पनि मद्दत गरेको मान्न सकिन्छ ।

अनियन्त्रित बोली ब्यवहार

सामाजिक सन्जालमा अति नै ब्यस्त हुन रमाउने डोनाल्ड टम्पका विवादास्पद अभिब्यक्तिहरू दिनहुँ पढ्न पाईन्छन्। उनले उठान गरेका विविध विषय उपर मिडियामा दिनहुँ चर्चाको प्रमुख विषय बन्ने गरेको छ। उनका ट्वीटहरुमा आरोप लगाएका विषयहरुमा तथ्य र आधार भेटिदैनन्। उनका अधिकांश ट्वीटहरूमा आफ्ना प्रतिपक्ष र मिडियालाई गाली र आरोपका शब्द प्रयोग गरेको पाईन्छ ।

आफ्नो एक ट्विइटमा पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो ट्रम्प टावरमा फोन ट्यापिङ गराएको आरोप लगाएपछि यस आरोपको पुष्टिलाई राष्ट्रपति ट्रम्पका लागि फलामको चिउरा चपाए सरह भयो। अमेरिकी तल्लो सदन हाउस अफ कंग्रेसका सभामुख पल रायन, सिनेटका इन्टेलिजेन्स कमिटी अध्यक्ष रिचार्ड बर्र र कमिटीमा रहेका र्‍याङ्किङ डेमोक्रेट सदस्य मार्क वार्नरले एक पछि अर्को गरेर छुट्टाछुट्टै बयान दिँदै राष्ट्रपति ट्रम्पको आरोपमा कुनै सत्यता नरहेको बताएपछि राष्ट्रपति ट्रम्पको विश्वसनियता माथि प्रश्नचिन्ह लागेको छ।

डोनाल्ड ट्रम्पको पटक पटकको अनियन्त्रित र अस्वभाविक अभिब्यक्तिका कारण बिदेशी मित्र राष्ट्रसमेत चिन्तित छन्। परराष्ट्र नीतिसमेत प्रभावित भएको छ। राष्ट्रपति ट्रम्पका विवादास्पद, अनियन्त्रित र अस्वभाविक अभिब्यक्तिका कारण पनि उनको अनुमोदन रेटिङ ओरालो लाग्न गएको मान्न सकिन्छ ।

 मिडियास चिसिएको सम्बन्ध

 अमेरिकी मिडियामाथि आक्रोशित हुँदै आएका ट्रम्पले एक सार्वजनिक कार्यक्रममा अमेरिकी मूल धारे मिडिया अमरिकी जनताका दुश्मन भएको बताएका थिए। अर्को कार्यक्रममा मिडियाहरुले प्रतिपक्षको भूमिका खेलेको आरोप लगाए।  ट्रम्पको ब्यबहार र कार्यशैलीले मिडिया दिक्क भएका छन्। यसबाट अन्तर्राष्ट्रियस्तरमा समेत गलत सन्देश गएको छ। अमेरिकी राष्ट्रपतीय निर्वाचन ताकादेखिनै ट्रम्पको स्वभावका कारण बिपक्षमा रहँदै आएका मिडियाको ठूलो समूह अहिले पनि ट्रम्प र उनको कार्यशैली तथा राजनीतिक अदूरदर्शिताको खिल्ली उडाउनमा ब्यस्त छन्।

आफ्नो बिरोधमा बोल्ने वा लेख्ने मिडियालाई "फेक न्युज " को उपमा दिने ट्रम्प र मिडिया बिचको यस टकरावले फ्री प्रेसको खिल्ली उडाएको छ भने ट्रम्पको राजनीतिक कौशलतामा प्रश्न लागेको छ । यसबाट पनि राष्ट्रपति ट्रम्पलाई राजनीतिक घाटा हुन गएको मान्न सकिन्छ ।

गको सम्बन्ध एफबिआईको छानबिन

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसले प्रभाव पारेको भन्ने कडा आरोप र दिनहुँजसो सार्वजनिक भएका घटनाक्रमहरुले अमेरिकी राजनीती अझै तातेको छ। अमेरिकी राष्ट्रपतिको चुनावी प्रचार अभियानदेखि रिपब्लिकनबाट राष्ट्रपतीय उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बिचको सम्बन्धका बारेमा ब्यापक चर्चा पाएको थियो।

गत वर्ष राष्ट्रपतीय निर्वाचन अभियानमा रूसले हिलारी क्लिन्टनलाई हराउन ट्रम्पलाई फाइदा हुने गरी ईमेल ह्याकिङ गरेको बिपक्षी डेमोक्रेटिक पार्टीले आरोप लगाउँदै आएको छ। हाल एफबिआइले आफ्नै किसिमले छानविन गर्दैछ भने सिनेटको इन्टेलिजेन्स कमिटीले समेत छानबिन गरी रहेको जनाईएको छ।

अमेरिकी राष्ट्रपतीय चुनावमा सुरूदेखिनै रुसले कुनै न कुनै तरिकाले प्रभावित गरेको आरोपमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खण्डन गर्दै आएका छन्। यसैबीच राष्ट्रपति ट्रम्पले नियुक्ति गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनले राजीनामा दिनु पर्‍यो।

ट्रम्प क्याम्पेनका सहयोगीको रूससँगको सम्बन्धका बारेमा प्रत्येक दिन नयाँ पात्रहरु देखा पर्न थाल्नु, क्रमिक रुपमा राष्ट्रपति ट्रम्पका सहयोगीहरुको संलग्नतामा छानबिन हुनु र यो प्रकरणमा ट्रम्प प्रसासनबाट ढाक छोप र बचावट गरेको बिपक्षीहरुको आरोपले उग्र बिवाद सिर्जना गर्नुले सन १९७२-१९७४ का बिच अमेरिकामा भएको वाटरगेट काण्डसँग रूसी प्रकरणको तुलना गर्न थालिएको छ। यस प्रकार राष्ट्रपति ट्रम्प र उनका सहयोगीको रुससँगको  बिवादास्पद संग्लग्नताका कारणले उनको अनुमोदन रेटिङ निकै तल ओरालो लाग्न गएको मान्न सकिन्छ ।

ट्रम्पको यूटर्न - सिरिया ि यूद्वको तयारी

सिरियाले आफ्ना नागरिकमाथि रसायनिक हतियार प्रयोग गरेपछि ट्रम्प प्रशासनले आफ्नो पूर्व नीतिमा अचानक यूटर्न गरी सिरियाली सेनामाथि मिसाईल हमला गर्‍यो। सन २०१३ मा पूर्व राष्ट्रपति बाराक ओबामाले सिरियामा हस्तक्षेप गर्नुपर्ने धारणा राख्दा ट्रम्पले निन्दा गरेका थिए।

ट्रम्पले आफ्नो चुनावी प्रचारका दौरानसमेत सिरियामा हस्तक्षेप अनुपयोगी भन्दै ओबामाको नीतिको जोडदार बिरोध गरेका थिए।

राष्ट्रपति ट्रम्पको सिरिया नीतिमा भएको यूटर्नले बिपक्षीलाई समेत तनाव थपेको छ। उत्तर कोरियासँगको चिसो सम्बन्धका कारण हाल यूद्वको तयारीमा ट्रम्प प्रशासन जुटेको कारण अब यो मूलुक युद्वमा होमिने भयो भन्ने आशंकाले केही समर्थकसमेत चिन्तित देखिएका छ्न्। तथापी, राष्ट्रपति ट्रम्पको सिरिया नीतिले भने उनको अनुमोदन रेटिङलाई केहि माथि उचाल्न मद्दत गरेको मानिएको छ ।

के भन्छन ट्रम्पका समर्थक?

अमेरिकी माटो भित्रको एउटा जमातले मन पराउने अत्यन्त कडा र उत्तेजित भाषण अनि राष्ट्रभावलाई डोनाल्ड ट्रम्पले आफ्नो चुनावी रणनीति बनाएका थिए। सीमा सुरक्षा, स्वास्थ बिमा, रोजगारी , ब्यापार सन्धी आदि जस्ता विषय लगायत आप्रवासीका विरूद्ध कडा भाषण गरी आफू खाँटी राष्ट्रवादी भएको सन्देश दिँदै अमेरिकी ग्रामीण क्षेत्रमा आफ्नो प्रभाव र पहुँच फैलाउन सफल भएका हुन्। 

चुनावी अभियान ताकादेखि ट्रम्पको भाषण शैली , भाषणमा उनले प्रयोग गर्ने शब्दहरु, बिपक्षीलाई गाली गर्ने तरिका आदिलाई अमेरिकी शहरीयाहरुले पटक्कै मन पराएका थिएनन्। उता ग्रामीण क्षेत्रका स्वेत अमेरिकीलाई भने ट्रम्पको शैलीले प्रभाव पारेको थियो।

अप्रवासीहरुलाई मन नपराउने अधिक ग्रामिण भेगका अमेरिकीहरुले ट्रम्पलाई आफ्नो रोल मोडलका रुपमा ग्रहण गरेका छन् र उनी प्रति अझै गहिरो विश्वास कायम छ ।

चुनावी वाचा अनुरूप उपलब्धी हासिल गर्न नसके  पनि अहिलेसम्म ट्रम्पका समर्थक उनको कार्य शैलीबाट प्रभावित देखिन्छन्। नोभेम्वरमा ट्रम्पलाई भोट दिने व्यक्ति मध्ये ९६ प्रतिशत अझै उनका साथ भएको हालैको एक सर्वेक्षणले जनाएको छ।

ट्रम्पले आफ्नो चुनावी बाचा अनुरूप नै काम गर्दै रहेको उनका मतदाताहरुको राय छ। राष्ट्रपति डोनाल्ड ट्रम्पमा आएको केही फरक कार्यशैली र आदेशहरुका कारण उनका केही मतदाताहरुमा फाटो आएको छ। तथापी, बहुसंख्यक मतदाता अझै उनकै समर्थनमा रहेको सर्वेक्षणबाट अनुमान गर्न सकिन्छ ।

ट्रम्पले चुनावी बाचा अनुरूप म्याक्सिकोको सीमानामा पर्खाल लगाउने योजनामा सफलता पाएमा, अमेरिका प्रथमको नारा अनुरुप रोजगारी र अर्थ व्यवस्थामा सुधार गरेमा उनका स्वेत अमेरिकी मतदाताहरु अर्को पटकका लागि समेत ट्रम्पका साथ रहने विश्वास गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस