डलासमा मे २६ तारिकमा युएनए सम्मेलन

  • Get News Alerts

युनाइटेड नेपालीज एसोसिएसनको दोस्रो सम्मेलन आगामी मे २६ तारिकमा टेक्सासको डलास शहरमा हुने भएको छ।

अमेरिकामा रहेका नेपाली युवाहरूको वृत्तिविकास गर्ने मूल लक्ष्यकासाथ युएनएले यो सम्मेलन गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ । आयोजक संस्थाका अध्यक्ष पासाड लामाद्वारा जारी विज्ञप्तिमा अमेरिकामा रहेका नेपाली युवा विशेषगरी पछिल्लो पुस्ताको वृत्तिविकासमा सहयोग पुर्‍याउने उदेश्यमा सम्मेलन केन्द्रित रहेको वताईएको छ।

नेपाली युवाहरू अर्थात पछिल्लो पुस्तालाई अमेरिकी नेपाली समाजमा कसरी स्थापित गर्न सकिन्छ भनेर दोस्रो सम्मेलन गर्न लागिएको बताईएको छ।

सम्मेलनमा विभिन्न बहस, खेलकूद,  सृजनात्मक एवं मनोरन्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको छ । खेलकुद अन्तर्गत कृकेट, भलिवल,  वास्केटवल, सकर, गल्फ र पिडपोड रहेका छन् भने फेसन शो, कन्सर्ट, नेटवर्किंग, टेलेन्ट शो, फोरम, कल्चरल शोहरू राखिएको छ।

यी कार्यक्रमबाट आफूसँग भएको सिप, क्षमता र कौसलतालाई वाहिर निकाल्ने र प्रतिस्पर्धि भावनाको विकास भई समाजमा स्थापित हुने अपेक्षा आयोजक पक्षले गरेको । अन्तराष्ट्रीय स्तरमा नेपालको गौरव बढाउने काम युवा पुस्ताबाट मात्र सम्भव भएकोले यो सम्मेलनको आयोजना गरिएको वताईन्छ ।

यसअघि क्यालिफोर्नियाको लसएन्जलसमा पहिलो सम्मेलन गरिसकेको एएनएले डलासमा दोस्रो सम्मेलन गर्न लागेको हो । मे २६ मा शुरूहुने यो सम्मेलन ३ दिसम्म चल्नेछ ।

एएनए नेपाली युवाको अमेरिकी समाजमा सम्मानजनक स्थान दिलाउने उदेस्यले गठित ग़ैरराजनीतिक संगठन हो ।

प्रतिकृया दिनुहोस