वाशिड्गटन डिसीमा विशाल ‘क्लाईमेट मार्च’ सम्पन्न

  • Get News Alerts

अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा शनिबार, २९ अप्रीलका दिन 'पिपुल्स क्लाईमेट मार्च' नामक जलवायु परिवर्तन सम्वन्धी एक दवावमूलक ऐक्यबद्धता र्‍याली सम्पन्न भएको छ।

 तीन वर्षअघि सन २०१४ मा अनुमानित ४ लाख मान्छेहरुले न्युयोर्कको सडकमा पीपुल्स क्लाइमेट मोबिलाईजेसन नामक र्‍यालीमा भाग लिएका थिए। पिपुल्स क्लाइमेट मुभमेन्ट आयोजक रहेको उक्त र्‍यालीमा अमेरिकाका संरक्षण र बाताबरणसँग सम्बन्धीत संघ सस्था र अन्य ब्यक्तिहरुको ब्यापक उपस्थितिले जलबायु सरक्षणका लागि एक शक्तिशाली दबाब सृजना गर्न सफल भएको थियो।

ट्रम्प प्रशासनको १०० औं दिन पारेर आयोजना गरिएको क्लाईमेट र्‍यालीमा आयोजक पिपुल्स क्लाईमेट मुभमेन्टले वाशिंड्गटन डिसीको सडकहरुमा लाखौं समर्थकहरू सहितको जुलुसमा हाम्रा मान्छे, हाम्रो समुदाय र हाम्रो धरतीमा भएको आक्रमणलाई प्रतिरोध गर्नेछौ भनेर संसार र अमेरिकी नेताहरूको ध्यानाकर्षण गराएको छ।

क्लाईमेट र्‍यालीमा ऐक्यवद्दता जनाउन संयुक्त राज्य अमेरिकाभरीबाट लाखौ समर्थकहरूको सहभागिता रहेको विशाल जुलुसले व्हाइट हाउसको ढोका अगाडि शक्ति र प्रतिरोधको प्रदर्शन गर्न सफल भएको छ।

जलवायु संकटका लागी समाधानका उपायहरु र समुदायलाई परेको असरका बारेमा कांग्रेस र नेताहरूसँग माग गर्दै कार्यान्वनका लागि विशाल दबाब दिएको छ।

राष्ट्रपती डोनाल्ड ट्रम्पको जलबायु परिवर्तन सम्बन्धी नकारात्मक नीतिका कारण उनले राष्ट्रपतीय कार्यभार सम्हालेको १०० औं दिनलाई पारेर आयोजकहरुले 'हामी प्रतिरोध गर्दछौ, हामीले निर्माण गर्दछौ, हामी उठ्ने छौ' जस्ता नारा सार्बजनिक गर्दै क्लाईमेट मार्चका लागी ब्यापक प्रचार प्रसारको अभियान सुरु गरेका थिए ।

जलवायु संरक्षणमा अग्रणी संस्थाहरू विश्व वन्यजन्तु कोष (डव्लु डव्लु एफ), सेरा क्लव, नेचर कन्जरभेन्सी आदी तथा तिनका समर्थकहरू लगायत स्कूल, कलेका विद्यार्थीहरू र वातावरण संरक्षणमा चासो राख्ने संरक्षणविदहरूको एक विशाल जुलुसले जलवायु संरक्षणमा सरकारको ध्यानाकर्षण गराउँदै वाशिड्गटन डिसिको नेशनल मल वरिपरि परिक्रमा गरेको थियो। 

प्रतिकृया दिनुहोस