गैरकानूनी रूपले अमेरिका प्रवेश गर्नेमाथि थप कडाई, ट्रम्पले भने त्यस्तालाई समात्छौ, थुन्छौं र फर्काउँछौ

  • Get News Alerts

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्

आफ्नो कार्यकालको १०० औं दिनको अवसर पारेर व्हाइट हाउसबाट दुई सय माईल टाढा पेन्सनभेनिया राज्यमा आयोजित आफ्ना समर्थकहरूको सभालाई सम्वोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्नेमाथि थप कडाइ गरेको बताएकाछन्। ‘विश्वले थाहा पायो कि गैर कानूनी रूपले अमेरिका प्रवेश गर्नेलाई समातिने छ, थुनिने छ र फर्काईने छ। अमेरिका यसमा कडा हुनेछ।’

आफूले राष्ट्रपतीय निर्वाचनताका कवुल गरेका वाचाहरूको कार्यान्वयनको शुरूवात भर्खरै गरेको  व्यहोरा आफ्ना समर्थकहरूलाई पेन्सलभेनियाको शभामा राष्ट्रपति ट्रम्पले जानकारी गराए।

उक्त शभामा राष्ट्रपति ट्रम्पले पटक पटक दोहोर्‍याउदै भने- ‘आफ्नो प्रशासनले गरेको उपलब्धिका बारेमा 'अस़क्षम र वेईमान' मिडियाहरूले सही र सत्य समाचार सम्प्रेषण गरेनन्।’ उनले मिडियाका बारेमा तिब्र आलोचनासमेत गरे।

यस देशका महान अमेरिकी जनताका लागि आफ्नो प्रशासनले दिन रात काम गरिरहेको बताउँदै राष्ट्रपति ट्रम्पले अगाडि भने- ‘निर्वाचन अभियानताका गरेको वाचाहरू कार्यान्वयनका लागि हामीले गरेको एक पछि अर्को निर्णयलाई जनताले समर्थन गरेका छन् र खुसी छन्।

व्हाइट हाउसमा मिडियाद्वारा आयोजित डिनर पार्टी बहिष्कार गर्दै २०० माईल टाढा ‍आएर आफू रोमान्चित भएको राष्ट्रपति ट्रम्पले पेन्सलभेनियामा आफ्ना समर्थकहरूलाई बताए।

व्हाइट हाउसको डिनर पार्टीलाई वाशिड्गटन डिसिको एक महत्वपूर्ण कार्यक्रमका रूपमा लिईन्छ। मिडियासँगको असन्तुष्टिका कारण राष्ट्रपति ट्रम्पले डिनर पार्टीमा सहभागिता नजनाएका हुन्। 

पेन्सलभेनियामा आफ्ना समर्थकहरूका सामु राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनमा पेरिस सम्झौताप्रति अमेरीकाको नीतिमा आफ्नो पूर्व आलोचनालाई दोहोर्‍याए। यसको ठिक अगाडि अमेरिकाको राजधानी वाशिड्गटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको जलबायु परिवर्तन सम्बन्धी नकारात्मक नीतिका कारण उनले राष्ट्रपतीय कार्यभार सम्हालेको १०० औं दिनलाई पारेर आयोजकहरुले 'हामी प्रतिरोध गर्दछौ, हामीले निर्माण गर्दछौ, हामी उठ्ने छौ' जस्ता नारा लगाउदै दुई लाख भन्दा बढी संरक्षणमा चासो राख्नेहरूको समूहले एक शक्तिशाली क्लाईमेट मार्च नामक जुलुस प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस