अमेरिकामा नेपाली यूवा मूर्तिकारको प्रदर्शनी

  • Get News Alerts

अमेरिकाको मिसौरी राज्य अन्तर्गत सेन्ट लुईसस्थित फोन्टबोनी युनिभर्सिटीमा बिगत दुई वर्षदेखि मूर्तिकला विषयमा अध्ययनरत नेपाली विद्यार्थी नेत्र बहादुर खत्री (रबीन खत्री) ले मूर्त तथा अमूर्त प्रकारका मूर्तिकला प्रदर्शन गरेका छन।

गत अप्रिल ७ देखी अप्रिल २१ सम्म फाईन आर्ट ज्ञालरी अफ फोन्टबोनी युनिभर्सिटीमा आयोजित मूर्तीकला प्रदर्शनीमा खत्रीले आफ्नो कलात्मक मूर्तीहरु प्रदर्शनी गरेका हुन। उक्त प्रदर्शनीमा "नेपाली नारी समबेदना" को कथा बोकेको मुर्ति पनि रहेको खत्रीले बाताए। उनको प्रदर्शनीमा राखिएका मुर्तिको मूल्य ८५० देखि २ हजार अमेरिकी डलर सम्मको रहेको मूर्तिकार खत्रीले जानकारी गराए।

२५ बर्षीय यूवा मूर्तिकार खत्री नेपाली मूर्तिकलाको क्षेत्रमा सानो उमेरका मूर्तिकारका रुपमा अमेरिकामा आफ्नो परिचय बनाउदै छ्न। आफ्नो देशलाई पूर्ण कलामय बनाउदै नेपाली कलासस्कृति संसारभरी फैलाउने आफ्नो चाहाना रहेको खत्री बताउदछ्न। उनी सँग मूर्तिकलासँग सम्बन्धि एनाटोमी र फिगरेटिभ (मूर्त) को राम्रो अनुभव र ज्ञान छ र उनी नन फिगरेटिभ (अमूर्त्) मा पनि उत्तिकै दखल राख्दछन।

खत्रीले हाल उनको दोश्रो प्रोजेक्ट " नेपालमा भूकम्प " नामक प्रोजेक्टको मूर्तीमा काम गर्दै रहेको बताए।

प्रतिकृया दिनुहोस