धेरै नेपाली विद्यार्थी अध्ययन गर्ने अमेरिकी कलेजमा गोली चल्योः दुई जनाको मृत्यु, नेपाली सुरक्षित

  • Get News Alerts

फोटो: एनसिबि न्युज


अमेरिकामा टेक्ससको ड्यालसस्थित करिब ११ हजार विद्यार्थी पढ्ने नर्थलेक कलेजमा बुधबार गोली चलेको छ। गोली प्रहारको क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ। प्रहरीको व्यापक खोजी पछि गोली हान्ने युवक र अर्का एक जना मृत अवस्थामा फेला परेका छन्।

गोली प्रहार गर्ने युवकले अरूमाथि आक्रमण पश्चात आफूले आत्महत्या गरेको अनुमान गरिएको छ। कलेजमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी यादव बरालका अनुसार अर्बिंगमा रहेको सो कलेजमा करिब सत्तरी प्रतिशत नेपाली विद्यार्थीहरू अध्ययन गर्छन्। प्रत्यक्षदर्शी बरालका अनुसार सबै नेपाली विद्यार्थीहरू सकुसल छन्।

‘कलेजको ट्रान्सफर विद्यार्थी रहेका बराल बुधबार ईतिहास विषयको परीक्षा दिन गएको बेला प्रशासन विल्डिङ ए तर्फ जाँदै गर्दा करिब मध्याह्नतिरको समयमा ३ पटक गन सुट आवाज सुनिएको थियो,’ प्रशासनको स्टोर भित्र करिब डेड घण्टा बसेर ज्यान जोगाईएको बरालले सेतोपाटीसँग भने,‘यस कलेजमा धेरै नेपाली विद्यार्थीहरू थियौ। तर कसैलाई केही भएको छैन।’

हरेक सेमेस्टरमा अन्य स्टेटबाट ट्रान्सफर भएर ठूलो संख्यामा नेपाली विद्यार्थीहरू यो कलेजमा आउने गर्छन्।

कलेजमा घटना भएपछि बुधबारका सबै कक्षा बन्द गरिएको कलेज प्रशासनले जनाएको छ।

 

प्रतिकृया दिनुहोस