नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव प्रकास, दिनेश कार्की र मनोज अधिकारीलाई

  • Get News Alerts

विश्व स्वतन्त्रता दिवसको अवसर पारेर यस वर्ष देखि प्रदान गरिन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) सामुदायिक पत्रकारिता पुरस्कार लेखक शिव प्रकास र पत्रकारद्वय दिनेश कार्की तथा मनोज अधिकारीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

नेजाका वर्तमान उपाध्यक्ष एवं नेजाको एघारौ वार्षिक साधारण सभा तयारी मूल समिति संयोजक गुणराज लुइटेलद्धारा प्रकासीत प्रेश विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ। पुरस्कार मनोनयनका लागी नेजाले एक महिना अघि लेख रचनाहरु आव्हान गरेको थियो। लेखक शिव प्रकाश सहित पत्रकार मनोज अधिकारी र दिनेश कार्कीद्वारा लिखित ‘अमेरिकामा नेपालीले धमाधम विमा रद्द गर्दै’ शिर्षकको खोजमूलक सामाग्रीलाई पुरस्कृत गर्ने निर्णय गरिएको कुराको विज्ञप्तिमा उल्लेख छ।

सेतोपाटिमा प्रकाशित उक्त सामाग्रीलाई पुरस्कार छनौट समितिले उत्कृष्ठ ठहराई पुरस्कारकालागि सिफािरस गरेको थियो। पुरस्कृत लेखक र पत्रकार अमेरिकाको वोष्टन क्षेत्रमा रही स्वतन्त्र र निर्भिकतापूर्वक लेखन तथा पत्रकारिता गरिरहनु भएको छ। यस्तै प्रकाशित विज्ञप्तिमा पुरस्कारले पत्रकारहरुलाई थप निर्भिक, स्वतन्त्र, जिम्मेवार र प्रभावकारी वनाउन प्रोत्साहित बढाउने उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस