ओबामा केयर निस्तेज, राष्ट्रपती डोनाल्ड ट्रम्पको पहिलो बैधानिक जित

  • Get News Alerts

अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ओबामा केयरको प्रमुख हिस्सालाई निस्तेज गर्दै रिपब्लिकन स्वास्थ्य बिमा योजनालाई आज बिहिबार स्वीकृती प्रदान गरेको छ। तर, यो बिललाई पुन अमेरिकी सीनेटमा प्रस्तुत गरी सिनेटबाट स्वीकृति प्राप्त गर्नुपर्ने छ।

सय सदस्य रहेको अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकनको ५२ सिटको बहुमत छ जहाँ केही रिपब्लिकनले आफ्नो मत परिवर्तन गरेमा यो बिमा योजना लागू हुनसक्ने छैन।

रिपब्लिकन स्वास्थ्य बिमा योजनाका लागि रिपब्लिकन पार्टी भित्र पर्याप्त समर्थन जुटाउन सफल भए पस्चात यस बिललाई तल्लो सदन प्रतिनिधि शभामा पेश गरी पास गरिएको हो। रिपब्लिकन पार्टीलाई ओबामा केयर निस्तेज पारी रिपब्लिकन स्वास्थ्य बिमा योजना स्वीकृत गर्नका लागि आवस्यक २१६ सदस्यहरुको भोटमा २१७ भोट प्राप्त भै यो नयाँ बिमा योजना स्वीकृत भएको हो। कुनै पनि डेमोक्रेट सदस्यहरुले यस नयाँ बिमा योजनाको समर्थनमा भोट हालेनन्।

गत महिना मार्चमा पेश भएको यस बिलको समर्थनमा आफ्नै सदस्यबाट बिरोधको सामना गर्नुपरेको र पर्याप्त समर्थन प्राप्त हुन नसकी मतदानको ठीक अघी यस बिललाई फिर्ता लिन ट्रम्प प्रशासन बाध्य भएको थियो। त्यस ताका प्रस्तावित नयाँ बिमा योजनामा धेरै संसोधन भएकाले रिपब्लिकन नेताहरू असन्तुस्ट भएका थिए ।

अमेरिकाको तल्लो सदनमा आज पास भएको रिपब्लिकन बिमा योजनाबाट आफ्नो तीन महिने कार्यकालमा राष्ट्रपति ट्रम्पले पहिलो वैधानिक जीत हासिल गरेका छन्।

प्रतिकृया दिनुहोस