अमेरिकास्थति प्रवासी नेपाली मंचले गर्यो महाअभियोगको बिरोध

  • Get News Alerts

एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मंचले सर्वोच्च अदालतकी प्रधानन्याधिश सुशीला कार्की माथि लगाइएको महाअभियोगको बिरोध गरेको छ।

मेरिकास्थति प्रवासी नेपाली मंचका महासचिव राधाकृष्ण देउजाद्वारा जारी गरिएको बिज्ञप्तीमा भनिएको छ 'प्रवासमा रहँदा पनि मातृभूमी नेपाल प्रतिको माया र नेपाल सङ्कट परेका बेला प्रवासी नेपालीहरुको भुमिका सधै महत्वपुर्ण रहेको हुन्छ।' भन्दै पछिल्लो पटक प्रधान न्याधिसमाथी लगाइएको आरोप फिर्ता लग्न आग्रह गरेको छ।

मंचले जारी गरेको बिज्ञप्तीमा अगाडि भनिएको छ 'न्यायमूर्तिको रुपमा अविचलित ढङ्गले निष्ठापुर्वक न्याय सम्पादन गर्दै प्रधानन्याधिश भएर निमुखा र पिडितहरुको निम्ती पनि न्याय मरेको छैन भन्ने सन्देश दिन सफल भैरहेकी सम्माननीय प्रधानन्याधिश सुशीला कार्की माथि वर्तामान सत्ता गठबन्धनका मुख्य दुइ घटक दलहरुको साँसदहरुले दर्ता गराएको प्रधानन्याधिश विरुद्ध दर्ता गरिएको माहाभियोग प्रस्तावलाइ तानाशाही उन्मुख कदम ठहर गर्दछौं।'

प्रतिकृया दिनुहोस