नेपालबाट पठाइएको याकको मासु न्युयोर्क एयरपोर्टमा समातियो

  • Get News Alerts

नेपालबाट अमेरिका पठाइएको याकको मासु न्युयोर्कस्थित जेएफके एयरपोर्टमा समातिएको छ। नेपालवाट स्वीटर, सल र प्यान्टमा पोको पारेर पठाइएको करिव ३ सय पाउण्ड याकको मासु सुरक्षा अधिकारीहरुले भेटाएका थिए।

एयरपोर्ट सुरक्षा अधिकारीले बताए अनुसार मासु कसले पठाएको थियो भन्ने पत्ता लगाउन सकेका छैनन। 'यसको खोजी भइरहेको छ।'

अमेरिका भित्र मासु, फलफुल लगायत अन्य बिउहरु भित्र्याउन मिल्दैन भने याकको मासु भित्र्याउनु अबैधानिक मानिन्छ। सुरक्षा अधिकारीहरुले बताए अनुसार उक्त पोकोसँगै गोवर र बिउहरु समेत संलग्न गरिएको थियो।

उक्त मासुलाइ तत्काल नष्ट गरिएको थियो।

 

प्रतिकृया दिनुहोस