नेपालका कृष्णसार जोगाउन अमेरिकामा अनुसन्धान!

नेपाली जंगलहरुमा कृष्णसार, बाघ र गैडाका केही प्रजातीहरुको सङ्ख्या घट्न थाले पछि नेपालका बाताबरणविदहरू चिन्तित छन्। लोपोन्मुख प्रजातिको संरक्षण कसरी गर्न सकिन्छ भन्ने चिन्ताले पिरोलेका बाताबरणविद मध्यमा एक प्रदिप खनाल हाल अमेरिकाको टेक्सस राज्य स्थित जंगलहरुमा विगत दुई वर्ष देखि धाइरहेका छन्।
नेपालका जंगली जनावरको संरक्षणका लागी अमेरिकामा जङ्गलमा किन त ? यो स्वाभाविक प्रश्नको उत्तर प्रदिप यसरी दिन्छन् " जनावरहरुलाई एक ठाउँमा रोकेर राखेर उनीहरूको संरक्षण हुँदैन , उनीहरूको अस्तित्त्वको खोजीले मात्र उनीहरूको प्रवाह गर्ने मार्ग फेला पार्न सकिन्छ र त्यही मार्गमा हामीले संरक्षणमा लागी काम गर्नु पर्छ।"
टेक्सासका जंगलहरुमा कृष्णसार नपाउने भए पनि अन्य जनावरको प्रकृति र व्यवहारको अनुसन्धानले नेपालका जनावरको प्रकृति बुझ्न सहज भएको प्रदिपको ठम्याई छ।
नेपालको बन्यजन्तु संरक्षणमा लामो समय देखि कार्यरत प्रदिप हाल टेक्सासका उत्तरी जंगलहरुमा बट्टाई चराको बंश खोज्दै हिंडिरहेका छन्। अमेरिकाका लागि दुर्लभ बन्दै गएका बट्टाई चराहरुको बिनास कारणको खोजीमा रहेका प्रदिपलाई आशा छ कि उनले बट्टाई संरक्षणको उपाए पत्ता लागएर त्यही प्रविधिलाई नेपालका कृष्णसारको संरक्षणका लागि प्रयोग गर्ने छन्।
नेपालको अर्गाखाँची केरुङ्गा गाउँका प्रदिप खनालको जंगली जनावर र उनीहरूको संरक्षणको मोह त पुरानो हो। बाल्यकालमा साथी भाइ सँग जगंलमा गएका बेला भेटिने सुरक्षित जंगली जनावरसंगको लगावले प्रदिपलाई तान्दै टेक्सस पुर्यायो। तर उनको योजना ' नेपाल गएर बन्यजन्तु संरक्षणमा योगदान गर्ने ' छ। "मैले यंहा सिकेको कुरा नेपालका राष्ट्रिय निकुञ्ज र अन्य संरक्षण क्षेत्रमा प्रयोग गर्न सकिन्छ " प्रदिपले सेतोपाटीलाई भने।
वातावरण क्षेत्रमा १२ वर्ष भन्दा बढी बिताएका प्रदिपले आफ्नो सिङ्गो जीवन नै बन्यजन्तु संरक्षणका लागि अर्पण गरेको बताए।
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर