डोनाल्ड ट्रम्पले गरे एफबिआइ प्रमुखलाई 'फायर'

  • Get News Alerts

अमेरिकी राषट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको संघिय जाँच एजेन्सीका प्रमुख जेम्स कोमिलाई पदवाट निस्कासित गरेका छन्। पछिल्लो समयमा डोनाल्ड ट्रम्पको सम्वन्ध रुससँग रहेको भन्ने बिषयमा कोमिले जाँच गर्दै आइरहेका थिए। 'कोमिलाइ उनको पदवाट हटाइएको छ' ह्वाइ हाउसले बताएको छ। एटर्नी जनरल जेफ सेसनसको सिफारिसमा उनलाइ हटाइएको ह्वाइ हाउसले पुष्टि गरेको छ।

गएको साता मात्र कोमीले अमेरिकी काग्रेस सामु हिलारीको इमेलको बारेमा गलत सूचना दिएको खवर आएको एक साता भित्रै कोमिलाइ ट्रम्पले फायर गरेका हुन।  हिलारीले रुसले निर्वाचन ताका गरेको ह्याकिङका कारण आफुले हार बेहोर्नु परेको बताउँदै आएकी थिइन।

हिलारी क्लिन्टनले आफ्नो हारको लागी जेम्स कोमिलाइ जिम्मेवार बताउँदै आएकी छन्। 'निर्वाचन अधि कोमिले गरेको इमेलको जाचपडतालले मैले निर्वाचनमा हार बेहोरेकि हुँ।' हिलारीले बताएकी थिइन। अमेरिक बिदेश मन्त्री रहेका बेला हिलारी क्लिन्टनले निजी सर्भरको प्रयोग गरेको सरकारी इमेलहरुको प्रयोग गरेको लगायतका आरोप बेहोर्दै आएकी थिइन।

प्रतिकृया दिनुहोस