राष्ट्रपति ट्रम्पद्वारा मिडियामा सामाग्री लिक नगर्न पूर्व एफबिआई प्रमुख कोमीलाई चेतावनी

  • Get News Alerts

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियामा कुनै पनि सामाग्री लिक नगर्न हालै बर्खास्त गरिएका एफबिआइ प्रमुख जेम्स कोमीलाई कडा चेतावनी दिएका छन्। शुक्रबार बिहान ट्वीटर मार्फत यस्तो चेतावनी दिएका हुन्। आफ्नो ट्वीटमा ट्रम्पले भनेका छन् ‘आशा छ, हाम्रो कुराकानीको टेप भएको छैन होला।’

ट्रम्पको चूनावी अभियानका अधिकारिहरु र रसिया बिच भएको संम्भावित साँठगाँठ सम्बन्धि छानबिनको नेतृत्व गरिरहेका एफबिआइ प्रमुख जेम्स कोमीलाई राष्टपति ट्रम्पले मंगलबार बर्खास्त गरेका थिए।  ट्रम्पको भनाई अनुसार दुइ पटक डिनरमा र एक पटक फोनमा कोमीले छानविन आफु प्रति लक्षित नभएको बताएका थिए।

ट्रम्पले भनेः ‘मैले कोमिलाइ सोधेको थिएंः यदि भन्न मिल्छ भनेः के म छानबिनको घेरामा छु?’ ‘कोमिले भनेका थिएः तपाईं छानबिनको घेरामा हुनुहुन्न्। कोमि एक नौटङ्की र धोकेबाज भएको आरोप लगाउँदै ट्रम्पले उस्को बर्खास्तगीको निर्णयमा आफु एक्लै जिम्मेवार रहेको बताउदै आएका छन्। यद्यपि सुरुमा ट्रम्पले महान्याधिवक्ताको सिफारिसमा कोमिलाई बर्खास्त गरिएको जनाएका थिए।

शुक्रबारै अर्को ट्वीटमा ट्रम्पले भनेका छन् ‘सक्रिय राष्ट्रपतिकोरुपमा थुप्रै काम गर्नेु पर्ने भएकाले कहिलेकाहि पूर्ण शुद्घताका साथ मञ्चमा खडा हुन सकिदैन्।’ उने थपे ‘त्यसैले भबिष्यमा प्रेस ब्रिफिङ्गहरु रद्द गर्नु नै उत्तम कुरा हो र सहि तथ्यकालागि लिखित प्रतिक्रिया दिइने छ।’

ट्रम्पले एफबिआइको छानबिन एक शब्दजाल भएका कारण खारेज गरेको बताएका छन्। साथै डेमोत्र्mयाटहरुले चूनावी हारका कारण  रसियासंग सांठगांठ भएको फेक समाचार बनाएको ट्रम्पले आरोप लगाएका छन्।

शुक्रबार गरिएको अर्को ट्वीटमा ट्रम्पले भनेका छन् ‘जब नेश्नल इन्टेलीजेन्सका पूर्व प्रमुख जेम्स् क्ल्यापर स्वंमले रसियासंग मिलेमतो नभएको बताएको अवस्थामा, फेरि यो कुरा कहाँ बाट आयो र यसको अन्त कहिले हुन्छ?’

यसै बिच एफबिआइका का.मू. निर्देशक एन्ड्रयु म्याककेबले यो छानबिन अत्यधिक महत्वपूर्ण  भएका कारण जारी रहने बताएका छन्।




प्रतिकृया दिनुहोस