नेपालको पर्यटन प्रबद्र्धन गर्न न्युयोर्कमा साइकल रयाली गरीने

  • Get News Alerts

विनाशकारी भूकम्पपछि नेपाल घुम्न आउने अमेरिकी पर्यटकको संख्या तुलानात्मक रुपले बढ्न नसकिरहेको अबस्थामा न्युयोर्कमा नेपालको पर्यटन प्रबद्र्धन लागि विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली महाबाणिज्य दुतावास र अवैतनिक पर्यटनदुतको कार्यालयले अर्थतन्त्रको प्रमुख श्रोतको रुपमा रहेको नेपालको पर्यटन प्रबद्र्धन गर्न न्युयोर्कको मुटु म्यानह्याटनमा ‘राईड फर नेपाल’ नामक विशाल साइकल र्याली गर्न लागेको हो। नेपालको ऐतिहासिक, पुरातात्विक, प्राकृतिक सम्पदा एवं मौलिक संस्कृतिको ब्यानरसहित न्युयोर्कमा साइकल र्याली हुनेछ।

नेपाली समुदायको ठूलो संख्यामा बसोवास रहेको क्वीन्सको ज्याक्सन हाईटदेखि न्यानहाटनको टाइम्स स्वाक्यरहुदै न्युयोर्ककको प्रमुख स्थानमा साइकल र्यालीमार्फत नेपालको पर्यटन प्रबद्र्धन गर्न लागेको नेपालका लागि अमेरिकाका अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारी दिए।

न्युयोर्कको थकाली किचेनमा आयोजित एक कार्यक्रममा करिब एक हजारभन्दा बढीको सहभागितामा साइकल र्याली गर्न लागिएको जनाउदैँ श्रेष्ठले भने साइकलको लागि सीटी बैंकसंग र सडकको लागि न्युयोर्क सिटी अफिसमा अनुमति लिने काम अगाडि बढीसकेको छ।

नेपालको पर्यटन प्रबद्र्धन गर्न न्युयोर्कका नेपाली रेष्टुरेष्टको मेनुमा ‘अथिति देव भव’ लेख्न लगाउने र न्युयोर्कका सवारी चालकलाई आफ्नो गाडी र ट्याक्सीमा नेपाल भ्रमणको स्टीकर टास्न लगाइने जानकारी नेपाली महावाणिज्य दूतावास न्युयोर्कले दिएको छ।

नेपाली महावाणिज्य दूतावास न्युयोर्कमा वाणिज्यदूत क्रृसु क्षेत्रीले न्युयोर्कका सवारी साधनमा नेपाल भ्रमणको स्टीकर टास्ने, न्युयोर्ककका स्कुलमा नेपालको धार्मिक एवं प्राकृतिक सौन्दर्यता झल्कने तस्वीर राख्नको लागि पहल अगाडि बढाउने जनाउनुभयो।

नेपाल भ्रमणमा बर्षिक ४३ हजारको संख्यामा मात्र अमेरिकी पर्यटन जाने जनाउदैँ क्षेत्रीले भन्नुभयो हामीले नेपाल भ्रमणमा जाने अमेरिकी पर्यटकको संख्या बढाउन जरुरी छ। त्यसको लागि दूतावासले साइकल र्यालीलगायतका थुप्रै कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ।

नेपाली महावाणिज्य दूतावास न्युयोर्कका महावाणिज्यदूत पुष्पराज भट्राईले अमेरिकाका सरकारी र गैरसरकारी निकायले गर्ने सडक महोत्सव, फुड फेस्टिवललगायत अन्य प्रबद्र्धनात्मक समारोहमा पनि दूतावासको सहभागिता रहने बताउनुभयो।  

महावाणिज्यदूत भट्राईले नेपालको पर्यटन प्रबद्र्धन गर्न अमेरिकामा रहेको विभिन्न संघ सस्थासंग समन्वयन गरिने जानकारी दिनुभयो। न्युयोर्ककका मूलधारका संचारमाध्यमलाई फ्यान ट्रिपको रुपमा भ्रमणमा लगि नेपालको प्रचारप्रसार गर्ने योजना रहेको पनि वाणिज्यदूतावासको कार्यलय न्युयोर्कले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस