नेपाली लगानी कर्ताहरू कसरी छिर्ने अमेरिकी शेयरबजारमा?

  • Get News Alerts

विश्व शेयर बजारका बादशाहले कहिले किने पहिलो शेयर?

मैले नब्बेको दशकको बिचमा डेक्सटर सुज कम्पनी चार सय मिलियन डलर हालेर किने तर त्यो जिरोमा गयो।तर मैले त्यहि पैसा खर्च गरेर बार्क्शरको स्टक लिए त्यो जुन अहिले करिब चारसय विलियन डलर भएकोछ।मैले यसरी लिएका अनेकौ निर्णयहरूमा मैले  केहि खराब निर्णयहरु पनि लिएको छु। यो भनाई विश्वका सेयर बजारका गुरु वारेन बफेटको हो।उनि फ़ोर्ब्स पत्रिकाको सुचि अनुसार विश्वको अहिले दोस्रो धनि व्यक्ति पनि हुन।

एघार बर्षे उमेरमा वारेन आफ्नो दिदि डोरिससँग न्ययोर्क स्टक एक्सचेन्जमा नाफा हुने आत्मविश्वासका सिटी सर्भिस र आयल सर्भिस कम्पनिको मुल्य कम भएको मौकामा प्रति शेयर अठतिस डलरको दरले जम्मा छ कित्ता शेयर किने।यो नै उनिले जीन्दगीमा किनेको पहिलो शेयर हो तर दुर्भाग्यवश किनेको केहि हप्तामा स्टकको मुल्य एक तिहाईले घटयो।दिदिको जोश र हौसला कायम नै थियो यसकारण  धर्यता गुमाएनन।बजारलाई पर्खे र मुल्य प्रति शेयर चालीस डलर भएपछि एक कित्तामा दुई डलर फाईदामा बेचे।यो उनिको पहिलो फाईदा हो तर आफुले किनेको त्यस कम्पनिको मुल्य हेर्दा हेर्दै प्रति कित्ता दुईसय डलरसम्म पुग्यो।यसरी कलिलो उमेर देखि शेयर मार्केटमा लागेका वारेन हाल छयासी बर्षीय उमेरमा पनि उत्तिकै सक्रिय छन।मार्केट क्यापिटल लाईजेशनको आधारमा २२ मे २०१७ को सुचि अनुसार छैंटौ ठुलो पब्लिक कम्पनि बार्क्शर हथावयमा उनिको ३७.४ प्रतिशत लगानी रहेकोछ।सन २०१६ को आँकडा अनुसार करिब ३,६७,७०० जनाले रोजगारी पाएका यस कम्पनीको खुद आम्दानी भने २४.०७ विलियन डलर थियो।यसरी शेयर मार्केटबाट उदाएका उनिको  दुईवटा  नियमहरू छन।पहिलो नियम हो पैसा कहिल्य पनि नगुमाउ र दोस्रो नियम कहिल्य पनि पहिलो नियमलाई नभुलौ।

यसरी माथी आंशिक रूपमा  शेयर बजारका बादशाह वारेनको चर्चा परिचर्चा गरिरहदा के कुरा देखिन्छ भने उनिमा धैर्यता र यसबारेमा अध्ययन गरेको पाईन्छ।

पहिला अध्ययन गर्नुहोस।

एउटा यस्तो उखान छ कि स्टक मार्केट भन्नु नै स्टकहरुको मार्केट हो ।यसकारण यस  क्षेत्रमा लगानी गर्नुभन्दा पहिला समग्र शेयर बजार र आफूले लगानी गर्न चाहेको कम्पनीको बारेमा बुझ्नका लागि केही समय छुट्याउनुपर्छ।कुनै पनि कम्पनिमा लगानी गर्नुअघि सो कम्पनीको मूल्य–आम्दानी अनुपात, प्रति शेयर आम्दानी, लाभांश तथा वार्षिक वृद्धिदर एवम कम्पनीको बाण्डको बारेमा जानकारी राख्नुपर्छ।यस्ता सूचकहरुको हिसाबकिताब कसरी गरिन्छ र गरिएको छ भन्ने बुझ्नुपर्छ।

कस्ले लगानी गर्न पाँउछ र मार्केट कहिले खुल्छ ?

यहाँ लगानी गर्न चाहने नेपाली डायस्पोराका सदस्यहरूलाई पनि कसरी  यहाँको शेयर मार्केटमा लगानी गर्ने भन्ने कौतुहलता हुन सक्छ।शेयरमा लगानी गर्नको लागी यहाँको न्युयोर्क स्टक एक्सचेंज सोमबार देखि शुक्रबारसम्म विहान साँढे नौ बजे देखि दिउसो चार बजेसम्म पब्लिक विदाको दिन बाहेक सँधै खुल्ला रहन्छ।फेरि यहाँको मार्केटमा लगानी गर्नको लागी कि त ग्रीन कार्ड भएको या त अमेरिकी नागरिकता भएको अनिवार्य हुनुपर्छ।यि वाहेककाले शेयर मार्केटमा लगानी गर्न पाउदैनन।

कुनकुन हुन त स्टक ब्रोकरहरू?

यहाँ शेयरमा लगानी गर्नको लागी नेपालमा झै ब्रोकरहरूको अफिसमा जानु पर्दैन।अनलाईनबाटै ब्रोकर अकाउण्ट खोल्न सकिन्छ भने जुन स्टक ब्रोकरमा खाता खोलियो त्यसैको अप्लिकेशन मोवाईलमा डाउनलोड  गरेर  आफैले शेयर अनलाईनमा किनबेच गर्न सकिन्छ।स्टक ट्रेडर डटकम अनुसार अमेरिकामा रहेका टप पाँच ब्रोकरहरू टिडी अमेरीटेड,अप्सन्सहाउस,ईट्रेड,मेरिल ईज,तथा एलि ईन्भेष्ट रहेका छन।यि ब्रोकर कम्पनीहरूको शेयर किन बेच गर्दाको चार्ज छुट्टाछुट्टै रहेको छ।

आईपिओ भनेको के हो ?कहिले खुल्छ र लगानी कसरी गर्ने?

प्राथमिक बजार अथवा यसलाई प्राथमिक शेयर निस्काशन गरिने बजार पनि भनिन्छ । कम्पनी अथवा सरकारले आफुलाई आवश्यक परेको पुँजी जुटाउनको लागि सर्वसाधरणमा शुरुमा निस्काशन गरेका धितोपत्रहरुको किनबेच हुने बजारलाई प्राथमिक बजार भनिन्छ । यसलाई फस्र्ट हेण्ड मार्केट पनि भनिन्छ ।

जसरी हामीले फस्र्ट हेण्ड बाइक वा फस्र्ट हेण्ड गाडी किन्दा खेरि सोरुममा गएर कसैले नचलाएको बाइक वा गाडी सुरुमा आफ्नो हातमा ल्याउछौँ, त्यस्तै कम्पनीले सुरुमा शेयर जारी गर्दा अरु कसैले नपाएको कम्पनीबाट सिधै तपाइको हातमा आइपुग्ने धितापत्रको किनबेच हुने बजार भनेको प्राथमिक बजार हो । यो प्राथमिक बजार या प्राथमिक निस्काशनलाई इनिसियल पब्लिक अफरिङ अथवा आइपीओ पनि भनिन्छ ।

अमेरिकी बजारमा मे महिनामा खुल्ने शेयर कम्पनिहरू निम्न छन।यहाँ आईपीओ हरेक महिना जसो खुल्छ।फेरि जुन दिनमा खुल्छ।त्यहि दिनमा आफुले आईपिओको मुल्य जति छ त्यत्तिमै किन्न सकिन्छ।फेरि यसको मुल्य सोहि दिनमै थपघट पनि हुन सक्छ।नेपालमै झै लाईन लगाएर आईपीओ भरेर कति कित्ता पर्ला भनेर चालीस पैचालिस दिन कुर्नु पर्दैन।आज किनेको आईपिओ एक दुई दिनमा बेच्न सकिन्छ।

 (स्रोत:नास्सडक डट कम)

गत अप्रिल र मे महिनाको तेस्रो हप्ता सम्म खुलेको कम्पनिहरूले दिएको रिटर्नहरू यस्तो रहेको छ।

 

 

(स्रोत:स्टक ट्याकर)

यसरी अमेरिकी शेयर बजारमा लगानी गर्न चाहनेहरूले सर्व प्रथम त अध्ययन मज्जाले गर्नुपर्छ।नत्र माथिका टेबुलमा देखिएका कुनै कम्पनीका शेयरका मुल्यहरू राता भएका छन अर्थात मुल्य घटेका छन।यसरी मुल्य घटता तल्कालै घाटामा गईन्छ।केहि नाफा पाउन समय कुर्नु पर्छ।फेरि अनलाईनबाटै अथवा मोवाईलमै एप्स डाउनलोड गरेर आफैले किनबेच गर्न सकिन्छ।यसमा फुर्सदको समय सदुपयोग मात्रै गर्न पनि सकिन्छ।

प्रतिकृया दिनुहोस