अमेरिका-नेपाल सोसाइटीको स्वर्ण जयन्ती सम्पन्न
.jpg)
अमेरिका र नेपाल बीच एक मैत्री पुलको रूपमा सन् १९६७ मा स्थापना गरिएको अमेरिका नेपाल सोसाईटी (एएनएस) ले आफ्नो ५० वर्ष पुरा गरेको अवसरमा स्वर्ण जयन्ती मनाएको छ।
गत मे २८ तारिखका दिन भर्जिनियास्थित सेन्ट्रभिलमा आयोजित उक्त स्वर्ण जयन्ती समारोहमा नेपाली कला र संकृति झल्काउने गीत, संगीत,नॉच गान, फोटो र चित्र कला प्रदर्शनी जस्ता कार्यक्रमहरूको आयोजना गरिएको थियो।
अमेरिकाले हरेक वर्ष मे महिनालाई एशियन प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गर् । यसै अवसर पारेर आफ्नो स्वर्ण जयन्तीमा एएनएसले गत वर्ष झै यस वर्ष पनि नेपाली भाषा, कला र संकृति झल्काउने कार्यक्रमहरू प्रदर्शन गरी हेरिटेज नेपाल फेष्टिवललाई निरन्तरता दिएको हो।
प्रायः नेपालीभाषीले आयोजना गर्ने कार्यक्रमहरुमा दोश्रो पुस्ताका युवाहरुको सहभागिता कम देखिएकोले उनीहरुको व्यापक सहभागितामा हेरिटेज नेपाल उत्सव मनाइ स्थानीय प्रतिभाशाली युवाहरुलाई प्रोत्साहन गर्न लागिएको कुरा एएनएसले जानकारी गराएको छ। एएनएसले दिएको जानकारी अनुसार यस कार्यक्रममा 'सान' नामक सामाजिक संस्थाको अगुवाई र स्थानीय संस्थाहरूको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरियो भने स्थानीय फ्युजन व्यान्डले सांकृतिक गिती कार्यक्रम प्रस्तुत गरेको थियो।
प्रतिकृया दिनुहोस
विचार/ब्लग
-
सात समुन्द्र पारीबाट रञ्जु दर्शनालाई चिठ्ठी
कहिलेकाही मानिस, मानिस हुनुमा मात्रै कैद रहन नसक्ने रहेछ। ऊ प्रवृत्ति बन्छ । ऊ लहर बन्छ। उसका सपनाहरू साझा सपना भएर जताततै टुसाउन थाल्छ्न्। सायद यसैलाई नेता हुनु भन्छन् होला। त्यसैले तिमी उदाउँदो नेता हौ। किनकी मेरी साथी, अहिले तिमी ठ्याक्कै त्यस्तै भएकी छौ। तिमी लहर भएकी छौ। तिमी प्रेरणा भएकी छौ। तिम्रा सपनाहरू बर्तमानबाट उकालो लाग्न चहानेहरुका निम्ति साझा सपना भएका छन् र तिमी तिनको नेता भएकी छौ ।
नवीन दित्य कोइराला
-
अमर प्रीति
देश द्धन्द्वकालको चपेटामा थियो। हरेक दिन बिहानमा चिया पिउँदै अमरले सात बजेको समाचार सुन्थ्यो। रेडीयोले सयौँ जना मान्छे मरेको, हत्या गरीएको, रात्रीबसमा एम्बुस पड्काएको खबर सुनाउँथ्यो। अमरले सोँच्थ्यो, आखिर जो मरेपनि त हाम्रै नेपालि दाजुभाई मरीरहेछन्। आफ्ना आफ्ना स्वार्थका निम्ति यो सब गर्नुभन्दा वार्ता गरेर किन मिल्दैनन्। समस्या हामीमा होईन। माथिल्लो तहका नेतामा छ। उसलाई बिरक्त लागेर आउँथ्यो। उसले सुईक्क श्वास तान्दै चिया सुरुप्प पार्थ्यो।
देव सागर