नेजाले यही जुन १७ गते डालसमा‘सांगीतिक साँझ’ आयोजना गर्ने

  • Get News Alerts

अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन (नेजा) ले यही जुन १७ गते ‘सांगीतिक साँझ’ आयोजना गर्ने भएको छ। विभिन्न दुरघटनाका घाइते, बिरामी वा मृत्यु हुने पत्रकार र उनीहरूको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित नेजाको आपतकालीन कोषको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेजाका क्षेत्रीय संयोजक किशन रेग्मीका अनुसार, ‘विभिन्न खाले गतिविधि गर्दै आएको नेजाको यो कार्यक्रम डालसमा गरिने छ ।’

नेजा सांगीतिक साँझका आकर्षणमा लामो समयदेखि नेपाली लोक गीतमा क्रियाशील चर्चित लोक गायक बिमल डाँगीरहेका छन्। डाँगी हाल अमेरिका कै न्यूयोर्कमा बसोबास गर्दै आएका छन्।

‘पानसमा बत्ति बालेको’ बोलको गीतबाट सर्वाधिक चर्चाको शिखरमा रहेका डाँगीले हालसालै परदेशीहरुको व्यथा समेटिएको ‘भैयो परदेशी’ बोलको गीत बजारमा ल्याएका छन् ।

त्यस्तै नेपाली आधुनिक पप गीतका अर्का सर्वाधिक रूचाइएका गाएक दिपेश किशोर भट्टराई पनि कार्यक्रमको आकर्षण हुन्। ‘मलाई माफ गरिदेउ’, ‘मेरा लोभी नजर’ बोलको गीतबाट नेपाल संगीत बजार हल्लाएका भट्टराई सांगीतिक साँझमा प्रस्तुति दिन डालस आउँदैछन् । उक्त अवसरमा उनले आफ्ना अन्य सुमधुर गीत गाएर मनोरञ्न दिनेछन्।

अन्य आकर्षणहरुमा ‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट देश विदेशमा रहेका नेपालीबाट चर्चा कमाएका समिर आचार्य अस्ट्रेलियाबाट अमेरिका आउँदै छन् । उनले हालै मात्र आफ्नो जन्मदिनको अवसरमा ‘नक्कली काली’ भन्ने गीत बजारमा ल्याएका छन्। ‘चट्ट सलाम छु, ‘कुटु कुटु, ‘हैन भन्देउ न माया हैन’ जस्ता लोक पप गीत समिरले गाएका छन्। त्यस्तै गायिका गीता बुर्लाकोटीले पनि उक्त अवसरमा प्रस्तुत राख्ने छिन्। हाँस्य कलाकार नारायण त्रिपाठीले पनि साँझमा प्रस्तुती राख्ने रेग्मीको भनाइ छ।

नृत्यमा ‘दर्पण छायाँ २’ कि नायिका सहारा कार्की, अदिती हमाल ठकुरी, अनु खड्का र स्थानीय कलाकारहरू हुनेछन्। चर्चित तथा अत्याधिक रूचाइएका कलाकारका कारण पनि सांगीतिक साँझ भव्य हुने आयोजकको दावी छ ।

सम्पूर्ण कलाकारहरुको प्रस्तुति जम्मा २० डलर मा राति १ बजे सम्म हेर्न पाइने छ । दर्शकले तिरेको पैसाको केही भाग कल्याणकारी कोषमा पनि जम्मा गर्ने आयोजकको योजना छ ।

टिकट बुकिङका लागि यो लिंकमा जानु होला

प्रतिकृया दिनुहोस