थाइल्याण्डमा आएको बाढीबाट मर्नेको सँख्या १८ पुग्यो, ७ लाख नागरिक प्रभावित

  • Get News Alerts

थाइल्याण्डको दक्षिण भागमा भएको लगातार वर्षाका कारण आएको बाढीबाट मर्नेको सख्या १८ पुगेको सरकारी अधिकारीहरुले बताएका छन्। कम्तीमा हजार वटा गाउँ डुवेको बताइएको छ। रोड, रेल प्लेन लगायत सबै यातायातका साधनहरु बन्द भएका छन। ‘थाइल्याण्डको सरकारले बताए अनुसार हजारौ वासिन्दा घरवार बिहिन भएका छन् भने बाढीले करिव ७ लाख बासिन्दालाई प्रत्येक्ष प्रभाव पारेको छ।

दक्षिण थाइल्याण्डमा बाढीका कारण अधिकासं घरहरु डुवेको सरकारले बताएको छ। १५ हजार स्कुलहरु बन्द भएका छन्। दक्षिण क्षेत्रमा अझै दुइदिन सम्म वर्षा हुने थाइल्याण्डको मौषम बिभागले जनाएको छ।

नखोन सी थाम्माराट क्षेत्रमा रहेको एयरपोर्टलाई पानीले डुवाउन थालेपछि बन्द गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन्। शुक्रवार मात्र उक्त क्षेत्रमा १ सय ६२ मिलिमिटर पानी परेको मौषम बिभागले बताएको थियो।

बिजुली सप्लाइ सबै क्षेत्रमा बन्द भएको जनाइएको छ। थाइल्यान्ड सरकारले थाइ नेवी लाई समेत उद्धारका लागी सहयोग गर्ने आदेश दिएपछि थाइ नेवी उद्धारमा खटिएको बताइएको छ। उद्धारका लागी दजनौ हेलिकप्टर तथा साना पानी जहाजहरु प्रयोग गरिएको छ।

फोटो: रोयटर्स

प्रतिकृया दिनुहोस