चीनको सेनयाङ वस्ती दुई हजार वर्ष पुरानो भएको दाबी

  • Get News Alerts

उत्तरपूर्वी चिनियाँ लियाओनिङ् प्रान्तको राजधानी सेनयाङ्गस्थित एउटा प्राचीन वस्ती दुई हजार वर्ष पुरोनो भएको उक्त शहरको साँस्कृतिक अवशेष तथा पुरातत्व अध्यययन विभागले आइतबार जनाएको छ।

विभागले प्राचीन महत्व बोकेको उक्त शहरको अध्ययन गर्न सन् २०१६ को जुलाईमा सेनयाङ्स्थित एक स्थानबाट उत्खनन् सुरु गरेको थियो। उक्त उत्खननपछि भेटिएका घरका अवशेष, समाधिस्थल लगायतका सामग्रीबाट भेटिएका शिलालेख लगायतका प्रमाणबाट शहरले दुई हजार पूरानो इतिहास बोकेको जनाइएको हो।

पुरातत्वविदले कुवाङझुवाङझीले मानवसभ्यताको काँस्य युग भनेर चिनिने अर्थात इशापूर्व २०२ देखि इश्वी सम्वत् २२० सम्मको हान वंशको शासनकालको समयमा बनेका सामान पत्ता लागेको जनाएको छन् ।

रासस सिन्ह्वा

प्रतिकृया दिनुहोस