अमेरिकालाई उत्तर कोरियाको चेतावनी- कुनै पनि बेला मिसाईल आक्रमण गर्नसक्छौँ

  • Get News Alerts

उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र विकास कार्यक्रममा अमेरिका पुरै दोषी रहेको भन्दै अब कुनै पनि बेला अमेरिकामाथि मिसाईल आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। ‘उत्तर कोरियाको क्षेप्यास्त्र विकास कार्यक्रममा अमेरिका पुरै दोषी छ। अब कुनै पनि बेला हामी मिसाईल आक्रमण गर्न सक्छौ,’ उत्तर कोरियाको विदेश मन्त्रालयले जारी गरेको बक्तव्यमा भनिएको छ।

यसअघि उत्तर कोरियाका शासक किम जोङ उनले नयाँ वर्षको अवसरमा दिएको वक्तव्यमा ‘उत्तर कोरिया अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षणको नजिक रहेको र कुनै पनि बेला अमेरिकाको मूख्य भूमिमा आक्रमण गर्नसक्ने छ’ भनेदेखि नै कोरियाली द्वीपमा तनाव बढिरहेका छ।

आईतबार उत्तर कोरियाको विदेश मन्त्रालयका प्रबक्ताले जारि गरेको बक्तव्यले अमेरिका र उत्तर कोरियाबिचको सित युद्वलाई झनै उचाइमा पुर्‍याएको छ।

उत्तर कोरियाले डोनाल्ड ट्रम्पसँग भविष्यमा वार्ता हुनसक्ने बताए पनि क्षेप्यास्त्र प्रक्षेपण नरोकिने  जनाएको छ। अमेरिकन रक्षा मन्त्री आस कार्टरले पत्रकार सम्मेलनमा भनेका छन्, ‘यो एक गम्भीर धम्कि हो। अमेरिका र सहयोगी राष्ट्रहरु प्रति लक्षित कुनै पनि क्षेप्यास्त्रलाई अमेरिकाले ध्वस्त पारिदिनेछ।’

उत्तर कोरियाको मिसायल धम्कीलाई चीन र दक्षिण कोरियाले चर्को निन्दा गरेका छन्।  यस कदमले उत्तर कोरियामाथि थप प्रतिबन्ध निम्ताउने छ। ‘उत्तर कोरियाले हाम्रो चेतावनीलाई व्यवस्ता गरी क्षेप्यास्त्र परीक्षण गरेमा, उसले अन्तर्राष्ट्रिय समुदायबाट कडा प्रतिबन्धको सामना गर्नु पर्नेछ,’दक्षिण कोरियाको विदेश मन्त्रालयका प्रवक्ता मुन साँग ग्यूनले भने।

अन्तर्राष्ट्रिय समुदायको कडा चेतावनी र प्रतिबन्धका बावजुद पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाएको छ। आईतबार जारी उत्तर कोरियाको बक्तव्यमा भनिएको छ, ‘ओबामाको नीतिलाई भविष्यमा निरन्तरता दिएमा अमेरिकनहरुले खराब स्थितिको सामना गर्नूपर्नेछ,’ बक्तव्यमा अगाडि भनिएको छ, ‘उतर कोरियासँग सम्बन्ध राख्न चाहने जो सुकैले अब नयाँ तरिकाले सोच्नु पर्ने छ।’

यही सन्दर्भमा योन्सेइ विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्यन विभागका सहायक प्राध्यापक जोन डेलरी भन्छन्, ‘पक्कै पनि त्यो वक्तव्य ट्रम्पको सत्ता परिवर्तन टोलीका लागि एक सन्देश हो, जसले प्रतिबन्धलाई निरन्तरता नदिन संकेत गर्छ।’

उत्तर कोरियाको यो वत्तव्यले ट्रम्प प्रशासनले ओबामा प्रशासनका नीतिहरुलाई उल्टाओस् भन्ने चाहन्छ, यदि तेसो गरिएमा वार्ता गर्न सकिने संकेत दिएको छ। किम जोङ उनको नयाँ वर्षको अवसरमा दिएको वक्तव्यको जवाफमा ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘उत्तर कोरियाले भर्खरै अमेरिकासम्म पुग्न सक्ने आणविक हतियार परीक्षणको अन्तीम क्षणमा पुगेको बताए पनि त्यस्तो हुनेवाला छैन्।’

विज्ञहरुका अनुसार कोरिया मामिलामा असफल ओबामा प्रशासनका नीतिहरुलाई उल्टाउने नव निर्वाचित ट्रम्पको उद्‌घोषले केही सुधार हुनसक्छ।

उत्तर कोरियाले सन् २००९ देखि अहिलेसम्ममा ४ वटा क्षेप्यास्त्रहरु प्रक्षेपण गरिसकेको जनाएको छ। तर उउसको अणु क्षमतामाथि शंका गर्दै प्रतिरक्षा बिज्ञ ब्रुश बनेट भन्छन्, ‘उत्तर कोरियाले युद्वको क्षेत्रमा केही प्रगति देखाए पनि उत्तर कोरियासँग अणु अस्त्र प्रक्षेपण गर्न पर्याप्त मात्रामा मिसाइल र रकेट प्रबिधि छैन्।

यसैबीच अमेरिकन सेनाले यूद्व भएको खण्डमा दक्षिण कोरियामा रहेका आफ्ना नागरिकलाई कसरी सुरक्षित उद्दार गर्ने भन्ने अभ्यास गरिरहेको भिडियो फुटेज समाचार संस्था सिएनएनले सार्वजनिक गरेको छ।

प्रतिकृया दिनुहोस