नर्वेले नेपाल सरकारलाइ १३ अरब रुपैया दिने

  • Get News Alerts

नर्वेले चालु सन् २०१७ को बार्षिक बजेटमा नेपाल सरकारलाई झन्डै १३ अरब रुपैया (१ अरब ९करोड क्रोनर) बैदेशिक सहायता घोषणा गरेको छ। यस बजेट अन्तर्गत नर्वेले अर्थ मन्त्रालय लाइ ८० करोड ५ लाख र नेपाल सरकारको नाममा २९ करोड २ लाख क्रोनर छुट्याएको छ।

नर्वे सरकारले त्रिभुवन युनिभर्सिटीलाइ १० करोड क्रोनर र काठमाडौँ युनिभर्सिटी ४८ लाख ८२ हजार क्रोनर अनुदान दिने नर्वेली दैनिक डिएन ले उल्लेख गरेको छ। निजि क्षेत्रका नेपाली संघ,संस्था तर्फ सबै भन्दा ठुलो रकम संचारिका समुहले झन्डै २ करोड २० लाख रुपैया (१८ लाख १७ हजार क्रोनर), असमान नेपाल र पब्लिक अवेरनेस क्याम्पेन, नेपालले क्रमश: झन्डै १ करोड दशलाख रुपैयाका दरले (९ लाख क्रोनर) नर्वेको बैदेशिक सहायता प्राप्त गर्ने छन्।

त्यस्तै ब्लु डाइमन्ड सोसाइटीले ७ लाख ५५ हजार, सांस्कृतिक सम्पदा संरक्षण समुहले ७ लाख १५ हजार क्रोनर, शिक्षा पत्रकारिता समुह ले झन्डै ५० लाख रुपैया (४ लाख क्रोनर ) र द साउथ एशिया ट्रष्टले ४ लाख ७ हजार क्रोनर सहायता प्राप्त गर्ने छन्।

यसबाहेक बिभिन्न नर्वेली अन्तराष्ट्रिय संघ संस्थाले समेत नर्वे सरकारको बैदेशिक अनुदान रकम हात पारेका छन्। बैदेशिक सहायताको ठुलो रकम भने राष्ट्र संघीय बिकास आयोजना मार्फत खर्च गर्ने गरिन्छ । यस बर्षको बैदेशिक सहायता हात पार्ने क्लिन्टन फ़ाउण्डेशन, सोमालियाको सडक बत्ती,सर्बियाको योगा  फ़ाउडेशन र चीनलाइ दिइएको अनुदान सहयोग बारे प्रशस्तै टिका-टिप्पणी हरु भएका छन्। नर्वेले आफ्नो कुल राष्ट्रिय आम्दानीको एक प्रतिशत रकम बर्षेनी बैदेशिक सहायता प्रदान गर्दै आएको छ।

प्रतिकृया दिनुहोस