जर्मनीका १४ बिश्वबिद्यालयमा पढाइन्छ संस्कृत

  • Get News Alerts

जर्मनीको हाइडेलबर्ग बिश्वबिद्यालयमा हरेक दिन बिहान बैदिक मंगलोचारणको ध्वनी सुनिन्छ। गुरुदेवलाई प्रणाम गरेपछि संस्कृत भाषाको पढाई शुरु हुन्छ। संस्कृतका प्रारम्भिक शब्दज्ञान, शब्द विन्यासदेखि लिएर बोलीचाली गर्न सिकाइने सो कलेजका बिद्यार्थीहरु संस्कृतमै सम्बाद गर्छन।

हाइडेलबर्ग बिश्वबिद्यालयबाट शुरु भएको संस्कृत भाषा सिकाइको अभियान अहिले जर्मनीका १४ बिश्वबिद्यालयमा फैलिएको छ। जबकि हिन्दी, नेपाली, तामिल भाषीहरुको बाक्लो बसोबास रहेको बेलायतमा जम्मा ४ वटा बिश्वबिद्यालयमा मात्र संस्कृत पढाइ हुन्छ।

हाइडेलबर्ग बिश्वबिद्यालयमा परम्परागत भाषा र विचार विभागका प्रमुख ड़ा. अलेक्स मिखायलले प्रयोगको रूपमा एक दशक अघि संस्कृत भाषाको पढाई शुरु गरेका थिए। ३४ देशका बिद्यार्थीहरुले पढिरहेको यो कलेजमा गएको केहि बर्षदेखी ठाउँ छैन भनेर बिद्यार्थी फर्काउनु परेको कुरा बताउनछन् ड़ा. मिखायल। उनी भन्छन 'अमेरिका, बेलायत, इटाली र यूरोपका बिभिन्न देशहरुबाट जर्मनीमा संस्कृत सिक्न आउछन।' ती  देशहरुका नागरिक भए पनि कति न कति धेरै जसोको सम्बन्ध जर्मन परिवारसंग भएको देखियो। किन होला त जर्मनहरुको संस्कृत भाषा प्रतिको मोह? जर्मन ब्यांकमा प्रमुखको रूपमा धेरै बर्ष काम गरेर निबृत जीवन बिताइरहेका अवैतनिक महावाणिज्यदुत रामप्रताप थापा भन्छन, जर्मनहरु पुरानो भाषा, संस्कृति, धर्म, दर्शन प्रति निकै रुचि राख्छन।

यहाका अखबार, रेडियो, टिभीहरुमा पनि निकै महत्वका साथ प्रस्तुत गरिन्छ यो बिषय। पूर्वीय संस्कृतिको बारेमा निकै चासो पाइन्छ यता। त्यसो भएर पनि संस्कृत भाषामा रुची भएको हो। हाइडेलबर्ग बिश्व बिद्यालयमा औषधि विज्ञानमा पोस्ट ग्र्याजुएट अध्ययनरत फ्रंसेस्का लुनारीले पनि संस्कृत भाषा सिकिरहेकी छन्।

उनको अनुभव छ, 'संस्कृत भाषा मात्रै जाँदा पनि हामीहरुले हजारौं बर्ष अघिको भारत बर्षमा प्रचलित औसधि विज्ञानको ज्ञान पाउछौं। संस्कृत भाषासँग साहित्य, संगीत, कला, बिज्ञान सबै जोडिएको छ भन्ने लाग्छ मलाई।' आधुनिक दक्षिण एशियाली भाषा र संस्कृतिका ज्ञाता जर्मनीका ड़ा. ह्यान्स हार्डर संस्कृत भाषा मासिदै गएकोमा चिन्तित छन्।

संस्कृत भाषाले सभ्यताको जग बसालेका दक्षिण एशियाली देशका मुलुकहरुले आफ्नो जननी भाषालाई नै उपेक्षा गरेका छन्। भाषा रहे न इतीहास रहन्छ। उनको ठम्याई छ, 'संस्कृतलाई कुनै जात र धर्मको रूपमा मान्नु गलत हो।'

बौद्ध दर्शनका महत्वपूर्ण अध्यायहरु संस्कृत मै लेखिएको छ। 'म त बंगाली, नेपाली, तमिल लगायत लोप हुन लागेकाभाषाहरु जोगिनु पर्छ भन्ने मान्यता राख्छु।'  दिल्ली बिश्वबिद्यालय संस्कृत विभागका प्रमुख रमेश भारद्वाज भिजिटिंग प्रोफेसरको रुपमा यतिबेला जर्मनीका बिभिन्न युनिभर्सिटीहरुमा बोलिरहेका छन्।

हार्वर्ड, क्यालिफोर्निया ब्रेक्ली जस्ता चल्तीका कलेजका प्रोफेसरहरुसंग संस्कृत भाषाको महत्वका बारेमा पनि बोलिरहेका हुन्छन। मोदी सरकारले संस्कृत भाषालाई जोगाउने कार्यक्रम ल्याएकोमा उनी हर्षित छन्। भन्छन, 'संस्कृत भाषाले व्यक्तित्वमा निखार ल्याउछ। भाषा संगै जिबन दर्शन पनि सिक्दछ व्यक्तिले। एक्लोपनले बिरक्त यो पश्चिमी सभ्यताले गरेका धेरै बिकास हाम्रै पुर्बिय सम्पदाको बिकसित रुप हो।'

गणित बिषयमा पीएचडी गरेका आईटी विद्वान आनन्द मिश्र भन्छन, 'चाणक्यको अर्थशास्त्र बुझे अर्थशास्त्रको भित्रि रहस्य बुझिन्छ। राजनीतिक र आर्थिक कुराको चुरो बुझ्न हार्वर्डबाट समेत कौटिल्यको शास्त्र पढ्न आउछन। संस्कृत शिक्षा कै कारण देश अघि नबढेको ठान्ने, संस्कृत शिक्षाले अरु भाषा दमन गरेको ठान्ने जुन सस्तो राजनीतिक लोकप्रियताको निम्ति भाषा माथि हमला भयो यो कसैको निम्ति पनि फाइदाजनक छैन।' साहित्यकार डिल्लीराज अर्याललको भनाइ छ 'सबै भाषा जोगाउन संस्कृत भाषाको हत्या नै गर्नु पर्दैन।'

ग्रिष्म छुट्टीमा हाइडेलबर्ग बिश्व बिद्यालयको आयोजनामा स्विजरल्याण्ड, इटाली र भारतका बिभिन्न कलेजहरु संगको समन्वयमा संस्कृत भाषाको छोटो अवधिको कक्षा संचालन गरिने कुरा ड़ा. अलेक्स मिखायल बताउँछन

फोटो: डेलीमेल

प्रतिकृया दिनुहोस