चाईनामा प्रतिबन्धित गुगललाई पुन फिर्ता ल्याउने तयारी

  • Get News Alerts

चाईना सरकारले प्रतिवन्धित गुगललाइ चाइना ल्याउने वारेमा कुराकानी भइरहेको बताएको छ। चाइनामा गुगलको सर्च इन्जिन सहित गुगलको इमेलमा पनि प्रतिवन्ध लगाइएको छ। 'गएको वर्षवाट हामीले गुगललाइ चाइनामा ल्याउने बारेमा कुराकानी गरिरहेका छौ। पहिले गुगल आयो भने अन्य कम्पनिहरु पनि चाइनामा आउने छन र यसले चाइनाको बजारलाइ स्थिर राख्ने छ।' चाईना संसदका स्थाइ समित सदस्य लिउ वेन्जयले बताएका छन्।

चाईनामा गुगल, फेसवुक, पिकासा, युट्युव लगायत सामाजिक संजालहरु प्रतिवन्धित छन्। चाइनाले सन २००९ देखि फेसवुकलाइ ब्लक गरेको छ। 'गुगललाइ चाइनामा ल्याउन अमेरिकीहरुसँग गएको वर्षवाट कुराकानी अगाडी बढीरहेको' लिउले जनाएका हुन।

चाइनिज कानुनको बिपरित रहेको भन्दै चाईनाले आफ्नो मुलुकमा गुगल सर्च इन्जिन लगायत सोसल साइटहरुलाइ प्रतिवन्ध लगाउँदै आएको छ। चाइना लगायत क्युवा, इरान, नर्थ कोरिया, सुडान तथा खाडी मुलुकहरुमा समेत यस्ता सामाजिक संजालहरु प्रयोग गर्न वन्देज लगाइएको छ।

 

 

 

प्रतिकृया दिनुहोस