पोर्चुगलमा ८ महिने नेपाली बालकको मृत्युले उव्ज्याएको प्रश्न

  • Get News Alerts

आठ महिनाको एक नेपाली नावालकको स्कुलमै मृत्यु भयो। स्कुल छोडेको दुई घण्टा पछि वच्चाको निधन भयो। अविभावकलाई टेलिफोन मार्फन जानकारी दिइयो। स्कुलमा वच्चाको निधन भएको समचार एकाएक भाइरल बन्यो। स्थानीय संचारमाध्यममा ब्रेकिङ्ग समचार बन्यो। नेपाली वालक भएको कारण स्वभाविक रुपमा नेपाली समुदायको पहिलो चासो बन्यौ। यहांका समचार माध्यमले सो घटनालाई प्राथामिकता साथ प्रकाशन तथा  प्रशारण गरे। प्रसारित समचारमा मृत्युको कारण खुलाइएको थिएन। अनुसंधान भइरहेको भन्दै प्रहरीलाई उद्दृत गरिएको थियो।

पोर्चुगलको लिस्वनको एक स्कुलमा भएको यो घटनाले वालवालिका असुरक्षित त छैनन् भन्ने प्रश्न उब्जाएको छ। यत्रतत्र खुलेका वेवी केयर सेन्टरकै लापरवाही त होइन भन्ने आशंकाको विजारोपण गरेको छ। कतै वच्चा जन्मन पाएको छैन वेवीकेयर सेन्टर खोज्दै हिड्ने अविभावक नै दोषी पो हुन् कि भन्ने अर्कोप्रश्न खडा भएको छ।

पोर्चुगलको राजधानी लिस्वन जहां प्राय सकै अविभावकहरु कामको खोजीमा दौडिरहन्छन्। एक जनाले मात्र काम गर्ने हो भने सामान्य जीवीको पार्जन गर्न जो कोहिलाई पनि हम्मे हम्मे पर्छ। रोजगारको शिलसिलामा वच्चालाई बेवीकेयरमा छोडेर काम गर्न जाने तमाम अविभावकहरुलाई गत हप्ता लिस्वनमा भएको घटनाले एक पल्ट सोच्न वाध्य बनाएको छ।

भक्तपुर घर भई विगत केहि समय देखि लिस्वन बस्दै आएका विनोद धिमाल र अम्विका धिमालका छोरा अविरल धिमालको आठ महिनाको अल्पायुमै निधन भएको थियो। विहान करिव साडे नौ वजे वाबु विनोदले छोरा अविरललाई स्कुल पुर्याएका थिए। छोरालाई स्कुल पुर्याएको दुई घण्टा नपुग्दै उनको मृत्यु भएको थियो। अविरलको स्वास प्रस्वासमा समस्या देखिएपछि स्कुल व्यवस्थापनले तत्काल एम्बुलेन्स सहित चिकित्सकको टोली वोलाएको थियो। टोलीले अविरललाई मृतक घोषीत गरेको थियो। नावालक वच्चालाई महिना को दुई सय दश युरो तिर्ने सर्तमा स्कुलमा भर्ना गरिएको थियो।

लिस्वन स्थित रहेको सालगुयरियो दि अल्मेदा बेवीकेयर सेन्टरमा गत सोमवार भएको यो घटनाको वारेमा अनुसंधान भइरहेको पोर्चुगिस प्रहरीले बताएको छ। त्यसो त अविरलको पोष्टमार्टन रिपोट आएको छैन। रिपोर्ट आउन अझै कम्तिमा तीन हप्ता लाग्ने बताइएको छ। पोष्टमार्टन रिपोर्ट आए पछि मात्र मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ। मृतकका वाबु विनोद धिमालले छोराका मृत्युको न्यायीक जांचको लागि प्रहरी समक्ष जोडदार माग गरेका छन्। 

पोर्चुगलको आधिकारीक तथ्याडलाई हेर्ने हो भने तीनवर्ष मुनीका करिव ९० प्रतिशत वालवालिकाहरुलाई सरकार वा गैर सरकारी स्कुलमा भर्ना गरिन्छ। राजधानी लिस्वनमा मात्रै १५ भन्दा बढी सरकारी स्कुलहरु रहेका छन् भने ५० भन्दा बढी वेवीकेयर सेन्टर रहेका छन्। गैरसरकारी सेन्टरहरुमा  बच्चा भर्ना गरे वापत चर्को  फि तिर्नु पर्ने हुन्छ।

कतिपय स्थानमा त एउटा अपार्टमेन्टलाई नै वेवीकेयरको नाम दिई सञ्चालन गरिएको हुन्छ सामाजीक अभियन्ता जुलियता मारियाले भनिन् सके सम्म वच्चा वोल्ने नहुदा सम्म स्कुलमा भर्ना नगर्दा राम्रो हुन्छ। सामान्य तथा नावालक बच्चा विरामी भएको वा उसलाई अफ्ठेरो भएको थाहा पाउनको लागि गाह्रो हुन्छ त्यसकारण अबिभावक रेखदेख चाहिनेमा उनले जोड दिइन्।

पोर्चुगलमा वच्चा स्कुल राख्ने अर्कोकारण छिटो रेसिडेन्सीकार्ड बनाउनको लागि हो। बच्चा जन्मदा वित्तिकै स्वत यहांको नागरिक बन्छ। जन्मको आधारमा बावु आमाको पनि कार्ड बन्ने भएकोले यसलाई स्थायी बसोवासको लागि सजिलो माध्यमको रुपमा लिने गरिन्छ। युरोपको कार्डको लागि अनिवार्य रुपमा बच्चालाई स्कुल पठाउनु पर्छ। सोहि मापदण्डपुरा गर्नको लागि वच्चा जन्मेको तीन वर्ष देखिनै स्कुल पठाउने गरिन्छ। पोर्चुगलमा बस्दै आएका सुवास रिजाले बच्चा स्कुल पठाउने रहर नभई वाध्यता भएको  बताउछन्।

आप्रवासीहरुको लागि सामान्य जीवीको पार्जन एउटा पाटो छदै छ। कार्डबनाउनको लागि पनि वच्चा स्कुल राख्नै पर्ने वाध्यता छ अनि यस्तै वाध्यताको शिकार बन्ने गरेका छन् वालवालिकाहरु।

यस घटनाले आम आप्रवासीहरुलाई पहिलो प्रथामिकता कार्ड,काम वा वच्चा भन्ने अर्को महत्वपुर्ण सवाल पनि उठाएको छ। पोर्चुगलमा रहेका नेपालहरु समुदायवीच भएको यो पहिलो घटना हो। भाषाको ज्ञान नहुदां बच्चा केयर गर्ने स्कुलको वारेमा थोरै पनि बुझ्ने प्रयास गरिदैन। यो हाम्रो कमजोरी हो। एनआरएन पोर्चुगलका अध्यक्ष भिम कमल केसी भन्छ न् कार्ड पाउने आशामा सानो नावालक वच्चालाई जुन पायो त्यहि स्कुलमा भर्ना गर्ने प्रचलन बढ्दै गएको छ। कमसे कम स्कुलको वारेमा राम्रो संग बुझेर वच्चालाई भर्ना गर्न परिपाटीको विकास गर्न सके यस्ता अप्रिय घटनामा कमी आउने थियो। स्कुल प्रशासन दोषी हो की होइन त्यो भने प्रमाणीत हुन वाकी नै छ। पहिलो प्राथामिकता कार्डलाई भन्दा पनि बच्चाालाई दिनुपर्नेमा उनले जोड दिए।

कमसे कम बच्चा सामान्य तया वोल्न नसकुन्जेल र हिड्न नसकुन्जेल स्कुल पठाउनु हुदैन घटना पछि सामाजीक संजाल मार्फत सुझाव दिदै प्रोफेसर मार्ता अलेक्जेन्डरले भने यस्ता खाले गंभिर घटना रोक्नको लागि अविभावक जिम्मेवार बन्नु पर्छ। उनले कम्तीमा तीन बर्ष सम्म बच्चाको हेरचाह आमा वाबुले गर्नु पर्नेमा सुझाव दिएका छन्।        

पोर्चुगलमा २० हजार भन्दा बढी नेपालीहरुको बसोवास भएको बताइन्छ। आधिकारीक तथ्याडं समेत छैन। नेपालीहरुको हक हितको लागि भन्दै दर्जनौ संघसंस्था छन् तर नेपाली वाल वालिकाहरु कति छन् कति स्कुल जान्छन् कुनै संघ संस्थाले पनि आधिकारीक जानकारी दिएनन्।

यो पनि पढ्नुस्

पोर्चुगलमा आठ महिने नेपाली बच्चाको रहस्यमय मृत्यु

 

प्रतिकृया दिनुहोस