संसारकै खुसी देश नर्वे, नेपालले भारतलाई उछिन्यो

  • Get News Alerts

नर्वे संसार कै खुशी देश घोषित भएको छ। विश्व खुशी दिवसको अवसरमा संयुक्त राष्ट्र संघको सहयोगमा स्वतन्त्र विज्ञहरुले तयार गरेको विश्व खुशी रिपोर्ट-२०१७ अनुसार अघिल्लो वर्ष चौथो स्थानमा रहेको नर्वेले स्कान्दिनेभियन राष्ट्रहरू डेनमार्क,आइसल्याण्ड र स्वीजरल्याण्डलाई पछि पार्दै पहिलो खुशी राष्ट्र हुन् सफल भएको हो।

सामाजिक विकास र सार्वजनिक सुरक्षालाई मुख्य आधार बनाएर  विश्वका १ सय ५५ राष्ट्रको स्वतन्त्रता, इमान्दारिता ,स्वास्थ्य स्थिति, उदारता, सु-शासन र आम्दानीको विश्लेषणको आधारमा तयार पारिएको सो रिपोर्टका अनुसार नेपाल ९९ औं स्थानमा रहेको छ।

सो रिपोर्टका अनुसार अमेरिका १४ औं स्थानमा छ भने नेपालले भारतलाई उछिनेको छ।

प्रतिकृया दिनुहोस