दलाल, म्यानपावरवाला राजदूत हुनु देशकै दुर्भाग्य: नारायणकाजी श्रेष्ठ

  • Get News Alerts

पूर्व उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हरेक क्षेत्रमा पार्टीकरण हुँदा गलत प्रबृत्ति हावी हुन गएको बताएका छन्। नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको ११ औं अधिबेशनलाई सम्बोधन गर्दै आफ्नै नेताको नेतृत्वको सरकारप्रति आलोचनात्मक हुँदै श्रेष्ठले भने, ‘दलाल, म्यानपावरवालासमेत राजदूत हुन दिनु ठूलो गल्ति हो।

नेपाललाई सम्बृद्ध बनाउन वैदेशिक हस्तक्षेप, स्वास्थ्य, शिक्षामा भएको पार्टीकरण र गुटगत गतिबिधि बाधक रहेको बताउँदै उनले भने, ‘क्षमतावानहरुले पार्टीको, अझ गुटको झोला नबोकी अवसर नपाउने स्थिति भयो यो घातक हो।’

जनयुद्वका उपलब्धि र गणतन्त्रका मर्मलाई सुरक्षित गर्न सबै पक्ष मिलेर समयमै चुनाव गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा यूरोपेली युनियन तथा बेल्जियमका लागि राजदूत लोकबहादुर थापा, गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष  गंगाधर गौतमलगायत बिभिन्न युरोपेली संस्था र बेल्जियमका संघ संस्थाका पाहुनाहरुले शुभकामना दिएका थिए।

अधिबेशनले जित लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ।

प्रतिकृया दिनुहोस