अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियासँगको संलग्नता बारे एफबिआइले छानबिन गर्दै

  • Get News Alerts

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसको संलग्नतामाथि एफबिआइले छानबिन गरिरहेको एफ़बीआईका निर्देशक जेम्स कुमीले बताएका छन्।

एफ़बीआईका निर्देशक जेम्स कुमीले सोमबार पहिलो पटक अमेरिकी कंग्रेसको इन्टेलिजेन्ट समिति सामुन्ने एफ़बीआईले राष्ट्रपतीय निर्वाचनको प्रचारका बेला ड्रोनाल्ड ट्रम्प र रसियाबीच कथित सम्बन्ध बारे छानबिन भइरहेको पुष्टी गरेका हुन्।

कुमीले अगाडि भने, ‘ट्रम्पको चुनावी प्रचारमा संलग्न अन्य सहयोगीकोसमेत रूसी सरकारसँग के कस्तो सम्बन्ध थियो सोको बारेमा छानबिन भइरहेको बताए।

फोन ट्यापिङ प्रकरणका बारेमा छानबिन गर्दा एफ़बीआई र युएस जस्टिस डिपार्टमेन्ट दुबैले फोन ट्यापिङ भएको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपमा कुनै तथ्य फेला नपरेको एफ़बीआईका निर्देशक जेम्स कुमीले बताएका थिए।

राष्ट्रपति ट्रम्पले गत साता एक टुइट गरी राष्ट्रपतीय निर्वाचनको प्रचार दौरान पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो ट्रम्प टावरमा फोन ट्यापिङ गरेको आरोप लगाएका थिए।

प्रतिकृया दिनुहोस