आईएसआईएसको आक्रमणमा ४५ को मृत्यु, ११९ घाइते

  • Get News Alerts

इजिप्टमा आईएसआईएसले गरेको आक्रमणमा ४५ सर्वसाधारणको मृत्यु भएको ५ भने ११९ भन्दा बढीको मृत्यु भएको स्थानिय समाचार सँस्थाहरुले बताएका छन्। प्राथनाका लागि जम्मा भएका श्रद्दालुहरुको भिडमा गरिएको बम आक्रमणमा २५ जना मारिएको सरकारी अधिकारीहरुले बताएका छन्। उक्त आक्रमण इसाइहरुमाथी पछिल्ला केहि वर्षहरुमा गरिएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ।

इजिप्टस्थत ताँन्ता र एलेक्जेन्ड्रियाको चर्चमा आक्रमण भएको इजिप्ट स्थित स्वास्थ्य मन्त्रालयले बताएको छ। आक्रमणकालागी बम राखिएको थियो वा आत्मघाती बम प्रयोग गरिएको थियो भन्ने कुराको निर्क्योल भने निकालिएको छैन। चर्चको हलमा बसेका सर्वसाधारणहरुलाइ निसाना बनाएर २ ठाउँमा गरिएको आक्रमणमा ४५ जनाको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। घाइतेको सँख्यासँगै मृत्यु हुनेको सँख्या पनि बढन सक्ने सरकारी अधिकारीहरुले बताएका छन्।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल सीसीले आक्रमणको निन्दा गर्दै मुलुकभर तिन महिनाकालागी आपतलकाको घोषणा गरेका छन। आईएसआईले इजिप्टमा गरिएको आक्रमणको जिम्म्वारी लगेको छ।

प्रतिकृया दिनुहोस