लाङ्गटाङ्ग ट्रेकिंगमा हराएका डेनिश युवक खोज्न डेनमार्कमा पहल

  • Get News Alerts

महिना दिन अघिदेखि लाङ्गटाङ्गको ट्रेकिंगमा गएका २६ बर्षिय डेनिश युवा मार्टिन उदसेन ओभर्गार्डलाई खोज्न उनका परिवार, इस्टमित्र, कलेजका साथीहरुले डेनमार्कमा मार्टिन बचाऊ अभियान शुरु गरेका छन्।

छेर्गो रिको आसपास एक्लै घुम्न गएका मार्टिनको जम्काभेट अन्तिम पटक ६ मार्चमा छेर्गो आसपासमा एक हूल पर्यटकसंग भएको जनाइको थियो। पातला तर अग्ला मार्टिन बेलुकी फर्किन्छु भनेर गेस्ट हाउसमा कपडाहरु छोडेर गएका थिए। उनीसंगै पढेकी सारा पिटर्सनले मार्टिनलाई खोज्न हेलिकोप्टर, तालिम प्राप्त कुकुर र ट्रेकिंगमा दक्ष ब्यक्तिहरुको निम्ति साथीभाई मिलेर २५ हजार डलर जम्मा गरेको बताइन।

प्रतिकृया दिनुहोस