बुर्का लगाएकी मुस्लिम महिलालाई बस भित्र छिर्न नदिने जर्मन ड्राइभरलाई कारवाही

  • Get News Alerts

मुस्लिमहरुको परम्परागत पहिरन निकाब लगाएर बस भित्र चढ्न खोजेकी मुस्लिम महिलालाई बस चढ्न नदिने जर्मन ड्राइभरलाई जरिवाना हुने भएको छ। ह्यामबर्ग नजिकको लीर शहरमा रातिको बेला बस चालकले उनलाई निकाब लगाएको हुनाले चढ्न नदिएको बताउदै बसको ढोका बन्द गरिदिएका थिए। मुस्लिम महिला गर्भवती थिईन्। तत्कालै उनका पति आएर पुलिसमा खबर गरेपछि ड्राइभरमाथि मुद्धा लगाइएको थियो।

अदालतले १० हजार सम्मको जरिवाना तिराउन सक्ने अनुमान छ। बस चालक एम्देन कम्पनीले माफी मागिसकेको छ। ड्राइभरले रातको बेला पुरै कालो कपडाले छोपिएको मान्छेलाई आफ्नो सुरक्षाको कारण बसमा जानी जानी प्रवेश नदिएको बताएका छन्। उनले भनेका छन्, 'मैले कसरी चिनु महिला हो कि पुरुष? दिनहु आतंकि हमला भैरहेका छन्. म माथि हमला भएको भए को जिम्मेवार हुन्थ्यो?'

प्रतिकृया दिनुहोस