अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको पाँचौं युरोप भेला शुरु भयो

  • Get News Alerts

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको पाँचौं युरोप भेलालाई डेनमार्कका अध्यक्ष सन्तकुमार थापा मगरले उद्घाटन गरेका छन्। भेलामा डेनमार्कका अलावा नेदरल्याण्ड, जर्मनी, बेल्जियम, चेक रिपब्लिक, पोर्चुगल, बेलायतबाट, पोल्याण्ड, इटालीबाट आएका नेपाली कलाकारहरुको उत्साहजनक सहभागिता देखियो।

गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाली जनप्रगतिशील मंच (एनपीपीएफ), क्रियटिभ नेपलिज विमेन्स ग्रुप लगायत डेनमार्कस्थित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरुले सो भेला र नेपाली नयाँ वर्ष २०७४ को संयुक्त रुपमा शुभकामना व्यक्त गरे। इनास डेनमार्कका महासचिव कृष्ण प्रसाद सुवेदीद्वारा संचालित उद्घाटन सत्रमा उपस्थित आगन्तुकहरुलाई उपाध्यक्ष देवश्री कोइरालाले स्वागत गरेकि थिइन। कार्यक्रमको अध्यछता इनास डेन्मार्कका अध्यछ सन्त कुमार थापा मगरले गरेका थिए।

प्रतिकृया दिनुहोस