क्रिस्टियानो रोनाल्डोमाथि बलात्कार अभियोग: गुपचुप राख्न २ लाख ५८ हजार युरो दिएको आरोप

  • Get News Alerts

जर्मनी १५ अप्रिल जर्मनीको सनसनीपूर्ण खबर पत्रिका डे स्पेगलले २००९ मा अमेरिकामा पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एउटी युवतीलाई बलात्कार गरेको र सो खबर गुपचुप राख्न २ लाख ५८ हजार युरो दिएको खबर छापेपछि हल्लाखोर भएको छ।

रोनाल्डोको फुटबल क्यारिएरमा शुरुदेखि नै काम गर्दै आएको कम्पनी गेस्टफुटले यो खबरलाई झुट बताउदै फिक्सन पत्रकारिताको झुटो खबर भएको प्रेस बक्तब्यनै निकालेर भनेको छ। रियल माड्रिडका स्ट्राइकर र अहिलेका बिश्व प्रथम फूटबल खेलाडी रोनाल्डो अदालत गएर मानहानिको मुद्धा हाल्ने योजनामा रहेको सो कम्पनीले बताएको छ।

प्रतिकृया दिनुहोस