चार्ली च्याप्लीनका फ्यानहरूद्वारा स्विजरल्याण्डमा पुगेर बिश्व रेकर्ड कायम

  • Get News Alerts

बिश्व प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लीनका संसारभरिका फ्यानहरु च्याप्लिनको निधन भएको स्विजरल्याण्डको कोर्सिएर सुर भिबे गाउँमा जम्मा भएर बिश्व रेकर्ड कायम गरेका छन्। उनको १२८ औं जन्म दिन पारेर च्याप्लीनको जस्तै गोलो घोप्टे कालो टोपी, उस्तै कपडा, उस्तै बुट, ब्रुस कट जुँगा, हातमा लौरो लिएका ६ सय ६२ फ्यानहरु गएको आइतवार उनको सम्मानमा खोलिएको म्युजियममा भेला भएका थिए।

लण्डनमा जन्मिएका चार्ली च्याप्लीन १९७७को क्रिसमसको रात स्विसको भिवे गाउमा बितेका थिए। उनलाई गाडिएको चिहानघर हेर्न बर्षेनी संसारभरीका पर्यटकहरु जान्छन। संसारभरिका ३ लाख पर्यटकहरु पोहोर खुलेको यो च्याप्लिन संग्रहालयमा आएको कुरा संग्रहालयका अधिकारीहरुले बताए।

प्रतिकृया दिनुहोस